Suvadin, Home
Nepal life 2.619M

सन् २०२० सम्मकाे अाक्रामक याेजनासहित चाैधरी ग्रुपद्वारा नवीनतम् प्रविधियुक्त सामग्री सार्वजनिक

‘गोद्रेज नेपालकै सर्वाधिक रुचाइएको घरायसी सामग्रीको ब्राण्डमध्ये एक हो,’ विज्ञप्तीमा भनिएको छ, 'नेपालभरिका बिक्रेताहरुलाई एउटै छानामुनि राखेर भव्यताका साथ यी सामग्री सार्वजनिक गरिएको छ।' एनएक्सडब्ल्यू सिरिज रेफ्रिजेरेटर तथा ड्यूओ सिरिज रेफ्रिजेरेटर, चेस्ट फ्रिजर र वासिङ मेशिन सार्वजनिक गर्दै चौधरी ग्रुपले नेपाली उपभोक्ताका लागि यी सामग्री नवीनतम् र उपयोगी हुने विश्वास व्यक्त गरेको छ। 

काठमाडौं, फागुन २५ – नेपालको प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान चौधरी ग्रुपले भारतको होम एप्लायन्स कम्पनी गोद्रेजसँगको समन्वयमा उच्चतम् प्रविधियुक्त इलेक्ट्रोनिक्स सामग्री भित्र्याएको छ।

चौधरी ग्रुपले काठमाडौंको होटल सोल्टीमा डिलर बैठकको आयोजना गरी एयर कन्डिसनर र सिग्नेचर सिरीजका २ वटा रेफ्रिजेरेटर सार्वजनिक गरेको हो।

‘गोद्रेज डिलर्स बैठक २०१८’मा सार्वजनिक गरिएका कम्पनीका रेफ्रिजेरेटरमा २ वटा सिरिज एनएक्सडब्लु र डयूओ रहेका छन्। कम्पनीका अनुसार गोद्रेज ब्राण्डले नेपालमा अहिले ३५ लाखको बजार ओगटेको छ।

कम्पनीले सन् २०२० सम्म बजार हिस्साको तेस्रो स्थानमा रहने लक्ष्य दिएको जनाइएको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजार विस्तारसहितको योजना प्रस्तुत गरेका छन्। बजार विस्तार गरी ७० लाखसम्म पुर्याउने योजना रहेको जानकारी चौधरीले दिएका छन्।

अघिल्लो वर्ष डिलरको संख्यामा थप गरी २ सय वटा पुर्याउने लक्ष्य लिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनका लागि प्रख्यात गोद्रेज ब्राण्डले लामो समयदेखि नेपाली ग्राहकहरुको आवश्यकता अनुसारको उत्पादन गरिरहेको छ। र, विश्वसनीयता प्राप्त गरिरहेको छ। नेपालका लागि गोद्रेज ब्रान्डको आधिकारीक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालि रहेको छ।

कार्यक्रममा गोद्रेजका एशोसिएट भाइस प्रेसिडेन्ट सञ्जीव जैनले उत्कृष्ट सेवा नै कम्पनीको लक्ष्य रहेका बताएका छन्। उनले गोद्रेज कम्पनीले वातावरण अनुकूल फ्रिजहरु नेपाली बजारका लागि ल्याएको जनाएका छन्। उपभोक्ताको साथ पाउने उनको विश्वास छ।

उपभोक्ताका लागि उपयुक्त प्रविधि तथा मानवीय रुचीयुक्त डिजाइन प्रदान गरिएको जैनले जनाएका छन्।

कार्यक्रममा चौधरी ग्रुपका चौधरी उपाध्यक्ष, सुरेश साबु, गोद्रेजका एस्पोट हेड सलाम सिंह लगायतले नेपाली बजारमा भित्रिएका उत्पादनहरुका बारेमा विस्तृत जानकारी दिएका थिए। 

‘गोद्रेज नेपालकै सर्वाधिक रुचाइएको घरायसी सामग्रीको ब्राण्डमध्ये एक हो,’ विज्ञप्तीमा भनिएको छ, 'नेपालभरिका बिक्रेताहरुलाई एउटै छानामुनि राखेर भव्यताका साथ यी सामग्री सार्वजनिक गरिएको छ।'

एनएक्सडब्ल्यू सिरिज रेफ्रिजेरेटर तथा ड्यूओ सिरिज रेफ्रिजेरेटर, चेस्ट फ्रिजर र वासिङ मेशिन सार्वजनिक गर्दै चौधरी ग्रुपले नेपाली उपभोक्ताका लागि यी सामग्री नवीनतम् र उपयोगी हुने विश्वास व्यक्त गरेको छ। 

विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनका लागि प्रख्यात गोद्रेज ब्राण्डले लामो समयदेखि नेपाली ग्राहकहरुको आवश्यकता अनुसारको उत्पादन गरिरहेको छ। र, विश्वसनीयता प्राप्त गरिरहेको छ। नेपालका लागि गोद्रेज ब्रान्डको आधिकारीक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालि रहेको छ।


 

More form the Internet

loading...