Suvadin, Home
पछिल्ला दिन सुनको भाउ निरन्तर ‌ओरालो लागि रहेको छ । प्रतितोला ७३ हजार ५ सय रुपैयाँसम्म पुगेर मूल्य वृद्धिमा नयाँ रेकर्ड कायम गरेको सुन्को मूल्य पछिल्लो समय घटिरहेको हो ।

काठमाडौं । पछिल्ला दिन सुनको भाउ निरन्तर ‌ओरालो लागि रहेको छ । प्रतितोला ७३ हजार ५ सय रुपैयाँसम्म पुगेर मूल्य वृद्धिमा नयाँ रेकर्ड कायम गरेको सुन्को मूल्य पछिल्लो समय घटिरहेको हो ।

आज सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । शनिबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ४ सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य ७० हजार २ सय रुपैयाँ तोकिएको छ ।

केही दिनयता सुनको मूल्य नयाँ रेडर्क बनाउँदै अघि बढेको थियो । तर, पछिल्लो समय मूल्यमा निरन्तर गिरावट आइरहेको छ ।


 

More form the Internet

loading...