Suvadin, Home

ओरालो लाग्दै सुनको भाउ, आज तोलामा ८०० घट्यो

दसैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला ८०० ले घटेको छ ।

काठमाडौं । दसैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६९ हजार २०० कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ६८ हजार ९०० निर्धारण गरिएको महासंघले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार र तेजाबी सुन ६९ हजार ७०० मा खरिद–बिक्री भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले घटेको छ । स्थानीय बजारमा मंगलबार चाँदी प्रतितोला ८२५ मा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

पछिल्लो दुई/तीन महिनादेखि निकै उतार–चढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ ।


 

More form the Internet

loading...