Suvadin, Home
सोमबार सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ ।

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि ७१ हजारमा कायम गरिएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि दुई सयले घटेको छ । सोमबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सयमा कायम गरिएको छ । 

आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ९ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


 

More form the Internet

loading...