Suvadin, Home
आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ । 

काठमाडौं । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाल सुनको प्रतितोला ७१ हजार २०० निर्धारण गरेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला २०० ले वृद्धि भई ७० हजार ९०० पुगेको छ । 
 
आज छापावाल सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७०० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी ५ ले वृद्धि भई प्रतितोला ८४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 


 

More form the Internet

loading...