Suvadin, Home

सुनचाँदीको मूल्य घट्यो 

साताको अन्तिम दिन नेपाली बजारमा आज बजारमा सुनचाँदीको सुनको मूल्य घटेको छ ।

काठमाडौं । साताको अन्तिम दिन नेपाली बजारमा आज बजारमा सुनचाँदीको सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

बिहीबार प्रतितोला ७२ हजार रुपैयाँ रहेका सुन शुक्रबार प्रतितोला दुई सय रुपैयाँ घटेर कारोबार भइरहेको छ  । शुक्रबारको लागि बजारमा छापावाला सुन प्रतितोला ७१ हजार आठ सय र तेजावी सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भएको महासंघले जानकारी दिएको छ । 

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


 

More form the Internet

loading...