Suvadin, Home

आज पनि घट्‍यो सुनको मूल्य

पछिल्ला दिनमा सुनको मूल्टमा गिरावट आइरहेको छ । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्टमा गिरावट आइरहेको छ । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

आज सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० निर्धारण गरेको छ । पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला एक हजार ४०० ले घटेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्यमा प्रतितोला ५ ले घटेर ८३० मा खरिदबिक्री भइरहेको छ । 


 

More form the Internet

loading...