Suvadin, Home

Cover Image

सुनको मूल्य अहिलेसम्मकै उच्च, यस्तो छ बजार भाउ

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी छ । आइतबार सुनको मूल्यले नेपालमा अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । 

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी छ । आइतबार सुनको मूल्यले नेपालमा अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । 

आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको छ । गत शुक्रबार पनि छापावाला सुनको मुल्य १ हजार रुपैयाँले नै वृद्धि भएर तोलाको ७४ हजार ५०० रुपैयाँ पुगेको थियो । 

यस्तै, तेजावी सुनको मुल्य पनि १ हजार रुपैयाँले नै बढेर ७५ हजार २०० रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको मुल्य ७४ हजार २०० सय रुपैयाँ रहेको थियो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 
गत शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको थियो । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ ।


 

More form the Internet

loading...