Suvadin, Home

Cover Image

तोलामा पाँच सयले घट्यो सुनको भाउ 

सोमबार प्रतितोला ७६ हजारमा ऐतिहासिक मूल्य कायम गरेको सुन मंगलबार भने घटेको छ ।

काठमाडौं । सोमबार प्रतितोला ७६ हजारमा ऐतिहासिक मूल्य कायम गरेको सुन मंगलबार भने घटेको छ ।

सुनचाँदी व्यावसायी महासंघका अनुसार आज ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । अन्तर्राष्टिय बजारमा सोमबार बेलुका सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सुन सस्तो भएको हो ।

हिजो प्रतिऔंस १५ सय ७७ अमेरिकी डलरमा कारोबार भएको सुन आज १५ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार ९ सय २० रुपैयाँ प्रतितोला रहेको चाँदी आज ९ सय रुपैयाँ भएको छ ।


 

More form the Internet

loading...