Suvadin, Home

तोलामै ९ सयले घट्‍यो सुनको मूल्य

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय र चाँदी १५ रुपैयाँले घटेको हो । केही दिन अघि बढ्दै गएको सुनचाँदीको मूल्य बिहीबारबाट घट्दो क्रममा छ ।

बिहीबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ९ सयले घटेर ७४ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


 

More form the Internet

loading...