Suvadin, Home
नेपाल रत्न तथा आभूषण संघको आयोजनामा तेस्रो ज्वेलरी एक्स्पो सुरु भएको छ । आजबाट काठमाडौंको सोल्टी होटलमा एक्स्पो सुरु भएको हो । एक्सपो दुई दिनसम्म चल्ने छ । 

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघको आयोजनामा तेस्रो ज्वेलरी एक्स्पो सुरु भएको छ । आजबाट काठमाडौंको सोल्टी होटलमा एक्स्पो सुरु भएको हो । एक्सपो दुई दिनसम्म चल्ने छ । 

नेपालको गहना व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले मेला आयोजना भएको हो । ट्रेडिसनल गहनालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्‍याउने माध्यमका रुपमा एक्स्पोलाई प्रयोग गर्न सकिने र अन्तर्राष्ट्रिस्तरका गहना नेपालमै उत्पादन भएर प्रयोग हुन्छन् भन्ने सन्देश दिन एक्स्पोले सहयोग गर्ने आयोजकले जनाएको छ । 

२४ वटा स्टल रहेको एक्स्पोमा २० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।


 

More form the Internet

loading...