Suvadin, Home
सुनको भाउ एकै दिन तोलामा चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा सुन चार सय रुपैयाँले बढेको हो ।

काठमाडौं । सुनको भाउ एकै दिन तोलामा चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा सुन चार सय रुपैयाँले बढेको हो ।

सुन शुक्रबार तोलाको ७५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

बिहीबार र गएको बुधबार सुन तोलाको ७५ हजार दुई सय रुपैयाँ थियो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।  


 

More form the Internet

loading...