Suvadin, Home

ओरालो लाग्दै सुनको मूल्य 

केही महिना यता सुनको मूल्‍यमा निरन्तर उतारचढाव आइरहेको छ । कहिले बढ्ने कहिले घट्ने क्रममा रहेको सुनको मूल्य आज भने ओरालो लागेको छ ।

काठमाडौं । केही महिना यता सुनको मूल्‍यमा निरन्तर उतारचढाव आइरहेको छ । कहिले बढ्ने कहिले घट्ने क्रममा रहेको सुनको मूल्य आज भने ओरालो लागेको छ ।

लगातार बढेर ७३ हजार ४ सय पुगेको सुन शुक्रबार ७२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ७१ हजार ५०० मा कारोबार भएको छ।

गत शुक्रबार एकैदिन सुन तोलामा १४ सय रुपैयाँले घटेको थियो । त्यसैगरी आइतबार सुन तोलामा ५०० रुपैयाँले घटेको छ ।

पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढि रहेको भए पनि केही दिन यता घट्‍नेक्रम जारी छ । 

आइतबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।


 

More form the Internet

loading...