Suvadin, Home

गुहेश्वरी मर्चेन्टको ८ वर्ष यताकै कम लाभांश

फाइनान्सले चुक्ता पूँजी ८० करोड रुपैयाँको कर प्रयोजन सहित ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो। संस्थाले गत आर्थिक वर्षमा ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो। संस्थाले विगत ८ वर्ष यताकै सबैभन्दा कम लाभांश दिएको छ। चुक्ता पूँजी बढेसँगै संस्थाको लाभांश पनि घटेको हो। फाइनान्सले पूँजीबजार खुम्चिँदा शेयरधनीलाई ५% मात्र नगद वितरण गर्ने भएको छ। गत वर्ष फाइनान्सले पूँजी वृद्धि गर्न बोनस शेयर दिएको थियो। 

काठमाडौं, असोज २ – गुहेश्वरीले मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको असोज १ हिजो बसेको संञ्चालन समितिको बैठकले चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

फाइनान्सले चुक्ता पूँजी ८० करोड रुपैयाँको कर प्रयोजन सहित ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो। संस्थाले गत आर्थिक वर्षमा ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो। 

संस्थाले विगत ८ वर्ष यताकै सबैभन्दा कम लाभांश दिएको छ। चुक्ता पूँजी बढेसँगै संस्थाको लाभांश पनि घटेको हो। फाइनान्सले पूँजीबजार खुम्चिँदा शेयरधनीलाई ५% मात्र नगद वितरण गर्ने भएको छ। गत वर्ष फाइनान्सले पूँजी वृद्धि गर्न बोनस शेयर दिएको थियो। 


 

More form the Internet

loading...