Suvadin, Home

आजदेखि लागु हुने गरि आन्तरिक हवाई भाडा घट्यो

आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको छ। संघका अनुसार आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४ सय ४० रुपैयाँसम्म भाडा घटेको छ।

काठमाडौं,२९ पुस-आन्तरिक हवाइमा घटेको भाडादर आजबाट लागू हुने भएको छ।नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालक संघले माउन्टेन फ्लाइटसहित ११ आन्तरिक गन्तव्यका लागि  हवाई भाडा घटाएको हो।

आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको छ। संघका अनुसार आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४ सय ४० रुपैयाँसम्म भाडा घटेको छ।

सबभन्दा कम ९० रुपैयाँ काठमाडौंदेखि सिमरासम्मको तथा काठमाडौंदेखि धनगढीसम्मको रुटमा सबैभन्दा धेरै ४ सय ४० रुपैयाँ हवाइ भाडा घटाएको हो। 

नयाँ भाडादर अनुसार आजदेखि काठमाडौं–सिमरा ३ हजार १ सय २० र काठमाडौं–धनगढी १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ। काठमाडौंबाट पोखरा १ सय ५५, विराटनगर २ सय ४०, जनकपुर १ सय ३०, भैरहवा २ सय ५, नेपालगन्ज ३ सय २५ र भद्रपुर रुटमा ३ सय रुपैयाँ भाडा घटेको छ।

नयाँ भाडादर अनुसार अब काठमाडौंबाट पोखरा ५ हजार ५०, विराटनगर ७ हजार ५ सय ५०, जनकपुर ४ हजार ३ सय, भैरहवा ६ हजार २ सय, नेपालगञ्ज १० हजार र भद्रपुर ९ हजार १ सय कायम भएको छ।


 

More form the Internet

loading...