Suvadin, Home

हिमालयन बैंक साधारण सभा गर्ने तयारीमा

हिमालयन बैंक सञ्चालक समितिमा म्यूचुअल ट्रेडिङ कम्पनीका तर्फबाट प्रसाद ज्ञवाली सञ्चालक नियुक्त गर्ने निणय गरेपछि विवाद अन्त्य भएकाे हाे।

काठमाडाैं, मसिंर १४ - हिमालयन बैंकमा उत्पन्न विवाद समाधान भएको छ। म्यूचुअल ट्रेडिङ कम्पनीले बैंकमा आफ्नो चौथो ठुलो सेयर हिस्स भए पनि सोको प्रतिनिधित्व नभएको भन्दै विवाद उत्पन्न भएकाे थियाे। 

हिमालयन बैंक सञ्चालक समितिमा म्यूचुअल ट्रेडिङ कम्पनीका तर्फबाट प्रसाद ज्ञवाली सञ्चालक नियुक्त गर्ने निणय गरेपछि विवाद अन्त्य भएकाे हाे।

बैंकमा ११ दशमलव ८५ प्रतिशत सेयर स्वामित्व रहेको म्यूचुअल ट्रेडिङ कम्पनी प्रालिले आफ्नो तर्फबाट प्रसाद ज्ञवालीलाई सञ्चालकको रुपमा मनोनित गरेको निर्णय हिमालयन बैंकलाई लिखित रुपमा २०१७ अगस्ट २० मा जानकारी गराएको थियो।

उक्त निर्णयलाई अब बैंकले साधारण सभाबाट अनुमोदन गराउनेछ। बैंकले अब साधारण सभाको मिति सार्वजनिक गर्नेछ। गत आर्थिक वर्षको कमाईट लगानीकर्तालाई बितरण गर्ने लाभांस समेत प्रस्ताव बैंकले गरिसकेको छ।

२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १ दशमलव ३१५८ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गर्दै बैंकले सञ्चालक समितिमा नयाँ नेतृत्व चयन गर्नेछ।

हाल हिमालयन बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड १६ लाख रुपैयाँ रहेको छ। २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ।


 

More form the Internet

loading...