Suvadin, Home

नेप्सेद्वारा हिमालयन डिष्टिलरीको सेयर फुकुवा

इन्साइडर ट्रेडिङको आशंकामा गत ७ गतदेखि कारोबार रोक्का गरेको हिमालयन डिष्टिलरीको सेयर नेपाल स्टक एक्सचेञ्च नेप्सेले बुधबारदेखि फुकुवा गरेको छ।

काठमाडाैं, मसिंर १३ – इन्साइडर ट्रेडिङको आशंकामा गत ७ गतदेखि कारोबार रोक्का गरेको हिमालयन डिष्टिलरीको सेयर नेपाल स्टक एक्सचेञ्च नेप्सेले बुधबारदेखि फुकुवा गरेको छ।

डिष्टिलरीको सञ्चालक समितिले लाभांसको विषयमा गरेको निर्णय ढिलो गरी नेप्सेमा पठाएको जनाउँदै काराेबार राेक्का गरिएकाे हाे।

डिष्टिलरीको सञ्चालक समितिले गत कात्तिक २९ गते गरेको लाभांस सम्बन्धिको निर्णय मंसिर ६ गते मात्र नेपाल स्टक एक्सचेञ्जमा जानकारी गराएको थियो। उक्त बैठकले लगानीकर्तालाई २१ दशमलव ०५ प्रतिशत नगद लाभांस अागामी साधारण सभामा बितरण गर्ने प्रस्ताव गरेको थियो।

नेप्सेले लाभांस सम्बन्धी निर्णय गरेको साता बित्दा पनि कम्पनीको निर्णय सार्वजनिक नगरेकाले इन्साइडर ट्रेडिङ भएको अनुमान गर्दे कारोबार रोक्का गरेर अनुसन्धान थालेको थियो। नेप्सेका अनुसार संचालक समितको बैठक बस्नुअघि र त्यसपछि गरिएका कारोबारहरुको अनुसन्धानमै राख्दै कारोबार फुकुवा गरिएको हो।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइन्दा सूचिकृत कम्पनी र नेप्सेबीच भएको सम्झौता अनुसार सेयरमूल्यमा प्रभाव पार्ने सूचना समयमै उपलब्ध गराउन चेतावनी दिदै कारोबार खुलाईएको जानकारी दिएका छन्।

पराजुलीले भने, 'अझै पनि कम्पनीको पछिल्ला कारोबारहरु, विशेषगरी लाभांशको निर्णय गर्नुअघि र पछिका कारोबारहरुको अनुसान्धन गर्दे छौ, असमान्य देखिएको अवस्थामा कारबाहीका लागि सिफारिश गर्छाैं।' कम्पनीले साधारण सभाका लागि मंसिर १५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ।

साधारण सभाको सूचनाको प्रस्ताव नम्बर ६ मा जावलाखेल ग्रुप अफ कम्पनीज प्रालि, फुड एण्ड वेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि र जेजिआई डिष्ट्रीव्युसन प्रालिसँग भएका सम्झौता अनुमोदन गर्ने उल्लेख छ।

उल्लेखित सबै नीजि कम्पनीहरु विजयकुमार शाहका हुन्। सबै कम्पनीको अध्यक्ष विजयकुमार शाह छन्। डिष्टीलरीकी अध्यक्ष मार्गरेट टीजे शाह विजयकुमार शाहकी पत्नी हुन्। 

कम्पनीका अध्यक्षका श्रीमान विजयकुमार शाहले कम्पनीको आर्थिक कारोबार तथा उत्पादित रक्सीको बेचविखन तथा त्यसबाट आर्जन हुने नाफामा सिधा हस्तक्षेप गर्दै आएका छन्।

शाहले आफ्नो मातहतका कम्पनीहरुलाई डिष्टिलरीको सबै काम गराउने बन्दोबस्त श्रीमतीको आडमा मिलाएका छन्। डिष्टीलरीको साधारण सभामा लगिने प्रस्तावमा पनि यो कुरा प्रष्ट रुपमा देख्न सकिन्छ।

जीपी राजवाहक एण्ड कम्पनीलाई नै लेखापरीक्षकमा निरन्तरता दिने प्रस्तावले पनि डिष्टिलरीमा जालझेल बढेको प्रष्ट हुन्छ। 


 

More form the Internet

loading...