Suvadin, Home

हुण्डी काराेबारमा संलग्न ४ जना पक्राउ

पक्राउ पर्नेमा संचालक रितेश कुमार गुप्ता अग्रवाल, सहायक विमित अग्रवाल, मनि चेञ्जर संचालक मनोज पटेल तथा घरवेटी राजेश रौनियार रहेका छन्। प्रहरीका अनुसार मुख्य आरोपी रितेश कुमार गुप्ताका दुई भाई फरार रहेका छन्।
प्रतिकात्मक तस्वीर

काठमाडाैं, २८ माघ – नेपालमा गैरकानुनी मानिने हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ५६ लाख रुपैयाँ सहित चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका –१६, बसपार्क लिंकरोड स्थित रहेको न्यू दक्षिणकाली अटो मोबाइल्सको नाममा हुण्डी कारोबार गर्दै आएका संचालक सहित ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा संचालक रितेश कुमार गुप्ता अग्रवाल, सहायक विमित अग्रवाल, मनि चेञ्जर संचालक मनोज पटेल तथा घरवेटी राजेश रौनियार रहेका छन्। प्रहरीका अनुसार मुख्य आरोपी रितेश कुमार गुप्ताका दुई भाई फरार रहेका छन्।

विशेष सुचनाको आधारमा पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान १०ः३० बजेको समयमा छापामारी गरि अटो पार्टस्को पलसमा रहेको (याकको पछाडि ५६ लाखको दरले कालो प्लाष्टिकको झोलामा राखिएको ५५ लाख ६४ हजार २ सय ९ रुपैयाँ नगद बरामद गरेको हो।

बरामद गरिएको रकम मध्ये ७७ हजार ७ सय ४० रुपैयाँ भारतीय नोट रहेको र बाँकी ५ सय र १ हजारको नेपाली नोट रहेको छ। उक्त ठाउँमा हुण्डीको कारोबार भइरहेको सूचना पाएपछि तेश्रो मुलुकमा पैसा पठाउने कारोबारी बनी सादा पोशाकमा गएका प्रहरीले यकिन प्रमाण फेला पारेपछि आइतबार पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बु सहितको प्रहरी टोली छापामारी स्थलमा पुगेका थिए।

छापामारीको क्रममा प्रहरीले उक्त ठाउँमा विभिन्न बैंकका एक दर्जन भन्दा बढि चेक बुक बरामद गरेको थियो। अटो पार्टस् पसलको आई.एम.ई, रकम पठाएको प्राप्त भौचरले भरिएको दुई बोरा कागजात समेत जफत गरेको छ। साथै प्रहरीले छापामारी स्थलबाट ६ थान मोबाइल लगायत क्यालकुलेटर समेत बरामद गरेका थिए।

प्रहरी उपरीक्षक डा.गणेश रेग्मीका अनुसार प्राप्त कागजातको आधारमा कारोबारीले वीरगन्जबाट भारत, हण्ड लगायत तेश्रो मुलुकमा हुण्डी कारोबार गरि रहेको जानकारी गराएका छन् ।


 

More form the Internet

loading...