Suvadin, Home
Nepal Telecom 1.213M

राष्ट्रव्यापी विकास कार्यक्रम घोषणा
बहुआयामिक आइडिया फर नेपाल: २० वर्षमै समृद्धिको आधार

नेपालमै सम्भावना खोज्ने र लाखौंलाई बृहत्तर रोजगारी दिने उद्देश्यले नै ‘आइडिया फर नेपाल’ले लगानी, विकास र उद्यमशीलताको अवधारणा ल्याएको हो। ‘आइडिया फर नेपाल’का अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठले संस्थाका कार्यक्रम सार्वजनिक गर्दै बहुपक्षीय परियोजनाको घोषणा गरेका हुन्।
'आइडिया फर नेपाल’का पदाधिकारीहरु।

काठमाडौं, असोज २३ – नेपाली मौलिकतामा आधारित कृषि प्रणाली र उद्यमशीलताको विकास गर्ने उद्देश्यले ‘आइडिया फर नेपाल’ले बृहत परियोजना सार्वजनिक गरेको छ।

नेपालमै सम्भावना खोज्ने र लाखौंलाई बृहत्तर रोजगारी दिने उद्देश्यले नै ‘आइडिया फर नेपाल’ले लगानी, विकास र उद्यमशीलताको अवधारणा ल्याएको हो।

काठमाडौंको होटल र्याडिसनमा सोमबार आयोजित विशेष समारोहका बीच ‘आइडिया फर नेपाल’ले दुई दशकसम्मको योजना सार्वजनिक गरेको हो। ‘आइडिया फर नेपाल’का अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठले संस्थाका कार्यक्रम सार्वजनिक गर्दै बहुपक्षीय परियोजनाको घोषणा गरेका हुन्। 

अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेको योजनामा जुम्ला, हुम्ला, मुगु, डोल्पा र मुस्ताङमा पाँच हजार हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्ने कार्यक्रम रहेको छ। ‘बजारको समस्या छैन,’ श्रेष्ठले भने, ‘बंगलादेश निर्यातका लागि हामीले आवश्यक सम्झौता गर्दै छौं।’

त्यसैगरी, कागती, मेवा र सेतो चन्दन उत्पादन गर्ने योजना पनि श्रेष्ठले सुनाएका छन्। ६५ जिल्लाका ३० लाख नागरिकलाई ४० वटाको दरले सेतो चन्दनका बिरुवा वितरण गरिने उनले बताएका छन्। 

त्यसैगरी, प्रविधितर्फ आइपी टिभी (आइडिया वर्ल्ड टिभी), मोबाइल एप्स, अन स्कार्इ वाइफार्इ विस्तारको योजनामा आइडिया फर नेपाल रहेको छ। ‘हाम्रो लक्ष्य नेपालकाे समग्र अार्थिक उन्नति हो,’ उनले भने, ‘अामनागरिकलाई उद्यमशीलतासँगै सेवा पुर्याउने हाम्रो सोच हो।’

यसअघि, आइडिया तथा क्रिएटर युनिभर्सलकी अन्तर्राष्ट्रिय निर्देशक चिन चिन सेले कृषिको विकासलाई नेपालले मुख्य प्राथमिकतामा राखेर विकासलाई अघि बढाउनु पर्ने बताइन्। ‘नेपाल हरेक दृष्टिले राम्रो छ,’ उनले भनिन्, ‘लगानीको वातावरण बन्दै गएको छ, अब नेपाली समाज समृद्धिको बाटोमा अघि बढ्छ।’

‘आइडिया फर नेपाल’की निर्देशक सुगरिका केसीले नेपालको भौगोलिक अवस्थितिका कारण पनि विकासका अनेक आयामलाई पहिचान गर्न आवश्यक रहेको धारणा राखेकी छिन्। केसीले नेपाली समाजको आर्थिक रुपान्तरणका लागि स्थानीयस्तरमै उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिइन्।

‘धेरै प्राकृतिक स्रोतसाधनको परिचालन हुन सकेको छैन, मुलुकको विकास हुन्छ भन्ने आशा गरिएको लामो समय भइसक्यो,’ केसीले भनिन्, ‘अब यो प्रतिक्षाको समय समाप्त भएको छ, हामीले मुलुकको समृद्धिका लागि विस्तृत योजना बनाएका छौं।’

कार्यक्रममा स्वागत गर्दै अर्का निर्देशक प्रकाश घिमिरेले नेपाल सम्भावना भएको मुलुक रहेकाले अब सम्भावनालाई यथार्थमा बदल्नु पर्ने बताएका छन्। 

कार्यक्रममा आइडिया फर नेपालका निर्देशकद्वय बाबुराम श्रेष्ठ र शिरोमणि दवाडीले आर्थिक समृद्धि र विकासको अवधारणामाथि चर्चा गर्दै नेपाली मौलिकतामा आधारित विकासको नीति अवलम्वन गर्नुपर्ने बताएका थिए। 

‘आइडिया फर नेपाल’को विस्तृत अवधारणाः

सूचना बोर्डः

शहरभित्र रहेका चोक तथा विभिन्न व्यावसायिक क्षेत्रहरुमा डिजिटल साइनेज जडान गरी व्यावसायिक संघसंस्था तथा उत्पादनका विज्ञापन गर्ने प्रविधिलाई मिलाउँदै छौं।

र, सरल प्रविधिबाट हुनेछ। हरेक व्यक्ति तथा संस्था बीचको कुनै पनि कुनाबाट अझै मोबाइलको एपिपिएसको आधारबाट विज्ञापन वा सूचना दिन सक्ने सहज प्रणाली विकास गरिने छ। नेपालका लागि यो अहिलेसम्मकै बहुआयामिक र गुणस्तरीय प्रविधियुक्त होर्डिङबोर्ड हुने छ। 

यसैबीच नेपालभरि सञ्चालन हुने लामो दुरका यात्रुवहहाक बसलाई लक्षित गरी यात्रुलाई प्रत्यक्ष मनोरञ्जन एवम् जानकारी लिँदै यात्रा गर्ने गरी ‘अन एकाइ वाइफाई’ सेवा दिइने छ।

याे सेवामार्फत सबै यात्रुहरुले एकैसाथ आफूले चाहेको चलचित्र हेर्न सकिने, संगीत हेर्न वा सुन्न सकिने एवम् होटल रेष्टुरेन्ट तथा घुमफिर गर्ने गन्तव्यबारे जानकारी लिन सक्ने छन्। यो अति भरपर्दाे र व्यवस्थित प्रविधिका रुपमा हामीेले थुप्रै देशमा प्रयोग गरिसकेको अनुभव पनि छ। 

होटल तथा पर्यटनः

आइडिया फर नेपालले विश्वका उच्च प्रविधि र सुविधायुक्त ठानिएका सरल र सस्तो संरचनाका होटल भित्र्याउँदै छ।

काठमाडौं, पोखरा, बुटवल, लुम्बिनी, नेपालगञ्ज, धरान, महेन्द्रनगर, वीरगञ्ज, धनगढी, हेटौँडा, सिन्धुली, जनकपुर, इटहरी, विराटनगर, भेँडेटार, दमक, बिर्तामोड, कन्याम, सुर्खेत, जुम्ला, रारा, काँकरभित्ता लगायतका क्षेत्रमा आवश्यक हेरि २० स्थानमा अन्तर्राष्ट्रिय गुणस्तर तथा सेवासहितको होटल सञ्चालन गर्ने छ।

यी स्वदेशी तथा विदेशी दुवै किसिमका पर्यटकका लागि हालसम्मकै सस्तो, सहज र गुणस्तरीय सेवा सहितको होटल हुनेछन्। 

भौतिक पूर्वाधार

विभिन्न किसिमका प्राकृतिक विपत्तिबाट सुरक्षित र भरपर्दो ज्यादै सस्तो, तर सुन्दर र व्यवस्थित माटो सुहाउँदो घर निर्माण गर्ने योजना यस आइडिया फर नेपालले ल्याएको छ।

यस किसिमका घरहरु हाम्रो सहकार्य रहेको संस्था क्रिएटर युनिभर्सलले विश्वका धेरै ठाउँमा सञ्चालन गरी सकेको छ।

सामुदायिक उत्तरदायित्व

राम्रो गर्ने, सही गर्ने र साँचो गर्ने कुरा हामीबीच कुनै विरोधाभास छैन। राम्रो गर्न सही र सत्य गर्नुपर्छ भन्ने दर्शन र सिद्धान्तबाट हामी प्रेरित छौं।

हामी हरेक नेपालीको आफ्नो जिम्मेवारी उकास्दै स्वाभिमानी भएर स्वाधीन जीवनशैलीमा बाँच्न सकून् भन्ने ध्येयले बढी पिराेलिएका छौं।

सबैको जीवनस्तर उकास्दै सबैका लागि सबैले गर्नुपर्छ भन्ने सिद्धान्तबाट शिक्षा, स्वास्थ्य, रोजगार र समृद्ध जीवनशैलीका लागि हामी अन्तर्मनबाट समर्पित छौं। यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। 

निष्कर्षः

एकले अर्कालाई दोषारोपण गर्नुभन्दा खाली जमीनमा वृक्षारोपण गर्नु बुद्धिमानी हुन्छ। धेरै वर्षदेखि हामी अरुबाट आश्रित परनर्भर त छँदै छ। सम्भावनाको खोजी र प्रयत्नभन्दा पनि आरोप-प्रत्यारोपबाट बढी ग्रसित भयौं।

त्यसैले अब साँच्चै गरौं, मनले गरौं, आफैँ लागि परौं। तर, आफूले नै गरौं भन्ने सिद्धान्तबाट यस अभियानमा समर्पित भएका छौं।

समय बितिसकेको छ, अहिले नगरेर कहिले गर्ने? हामीले नगरेर अब कसले गर्ने? भन्ने भावनाबाट यस आइडिया फर नेपालले यो शुभकार्य थालनी गरेको हो।

अब हामी सबैले एकअर्कामा हातेमालो गर्दै १० देखि १५ वर्ष कस्सिएर कर्म क्षेत्रमा लागि पर्यौं भने हामी यही देशमा हामी र हाम्रो सन्ततिका लागि खुसियाली र समृद्धिका रंगहरु भर्नेछौं। सपना सत्य सावित हुने निश्चित छ।


 

More form the Internet

loading...