Suvadin, Home

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब १२ करोड रुपैयाँ

गत बर्ष ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो। निक्षेप संकलनको तुलनामा ऋण लगानीमा जोड दिएको बैंकले खुद व्याज आम्दानी २८.१८ प्रतिशतले बढाएको छ।

काठमाडौं,११ माघ-ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढाएको हो। 

बैंकले गत बर्ष ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो। निक्षेप संकलनको तुलनामा ऋण लगानीमा जोड दिएको बैंकले खुद व्याज आम्दानी २८.१८ प्रतिशतले बढाएको छ। 

बैंकले १५.४४ प्रतिशतले व्याज आम्दानी बृद्धि गर्दा खर्च भने ९.०८ प्रतिशतले मात्रै बढाएको छ। खुद व्याज आम्दानी २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ।

ऋण विस्तारमा आक्रामक देखिएको बैंकको पूँजी कोष अनुपात ०.१३ प्रतिशत विन्दुले घटेर ११.३० प्रतिशतमा ओर्लेको छ।  


 

More form the Internet

loading...