Suvadin, Home

स्पर्श लघुवित्तको आईपीओ खुल्यो

आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ। न्युनतम १० देखि अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन दिन पाइने सानिमाले जनाएको छ।

काठमाडौं,२६ फागुन-स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (आइतबार)देखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ  संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ। न्युनतम १० देखि अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन दिन पाइने सानिमाले जनाएको छ।

निष्कासन मध्ये ०.५ प्रतिशत अर्थात ४ हजार ११८ कित्ता संंस्थाका कर्मचारी र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। आईपीओ निष्कासनपछि संस्थाको चुत्तापुँजी बढेर ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने छ।

आईपीओबाट संकलन हुने रकम मध्ये पशुपालन, कृषि, खुद्रा व्यापार, सेवा, साना तथा मझौला र घरेलु उद्योगमा लगानी गर्ने स्पर्शले जनाएको छ। पोखरामा केन्द्रीय कार्यलय रहेको लघुवित्तको १० जिल्लामा कार्यक्षेत्र रहेको छ।

संस्थाले चालु आर्थिक वर्षमा ३८ लाख ९० हजार रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ। 


 

More form the Internet

loading...