Suvadin, Home

जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्ट नयाँ आवरणमा

याे ब्राण्डको उपयोग उपभोक्ताको घरहरुदेखि लिएर गौरवमय आयोजनाहरुमा प्रयोग हुँदै आएको कम्पनीले जनाएकाे छ। आफ्नो लामो इतिहास र अनुभवका कारण नेपालको अनुभवी ओपिसी सिमेन्टको रुपमा आफूलाई स्थापित गर्दै जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी, अझ बढी आकर्षक, अझ बढी आधुनिक र बहुआयामिक हुँदै लोगो, प्याकेजिङ, ट्रेडमार्क विज्ञापनलाई नै परिवर्तन गरेर नेपाली सिमेन्ट बजारमा अाएकाे कम्पनीले जनाएकाे छ।

काठमाडाैं, फागुन ८


पन्ध्र वर्षको लामो इतिहास बोकेको जगदम्बा सिमेन्टको अति नै प्रख्यात ब्राण्ड जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्टको प्रयोग प्रारम्भदेखि नै नेपालका प्रतिष्ठित तथा महत्वपूर्ण आयोजनाहरुमा प्रयोग गर्दै आएको छ।

विदेशी तथा आयातीत सिमेन्टलाई प्रतिस्थापन गर्न सक्षम यस ब्राण्डले गुणस्तरका सबै मापदण्ड पूरा गरी एनएस-४९, आइएसओ ९००१ः२००८,आइएसओ ९००१ः२०१५, र एनएस क्वालिटी अवार्डमा लेटर अफ एप्रिसियसन-२०१४ र २०१५ बाट सम्मानित भएको छ।

याे ब्राण्डको उपयोग उपभोक्ताको घरहरुदेखि लिएर गौरवमय आयोजनाहरुमा प्रयोग हुँदै आएको कम्पनीले जनाएकाे छ। आफ्नो लामो इतिहास र अनुभवका कारण नेपालको अनुभवी ओपिसी सिमेन्टको रुपमा आफूलाई स्थापित गर्दै जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी, अझ बढी आकर्षक, अझ बढी आधुनिक र बहुआयामिक हुँदै लोगो, प्याकेजिङ, ट्रेडमार्क विज्ञापनलाई नै परिवर्तन गरेर नेपाली सिमेन्ट बजारमा अाएकाे कम्पनीले जनाएकाे छ।

'उपभोक्ताहरुले वर्षाैदेखि मनपराई रहेको जगदम्बा अल्ट्रा प्रिमियम ओपिसीको लोगो, प्याकेजिङ, ट्रेडमार्क विज्ञापन आदिमा नवीनपन पाउनु हुनेछ,' कम्पनीले विज्ञप्तीमा भनेकाे छ, 'यसको प्रवर्धनात्मक क्रियाकलापका लागि हामीले नेपालका चर्चित व्यक्तित्व भुषण दाहाललाई ब्राण्ड एम्बेस्डरको रुपमा सम्मिलित गरेका छौं।'

जगदम्बा परिवार आफ्ना ग्राहक तथा उपभोक्तालाई ओपिसी अझ बढी गुणस्तर युक्त र समय सापेक्ष रुपमा परिस्कृत भएर बजारमा आएको छ। आफूले बोकेको यो लामो ऐतिहासिक अनुभवलाई नेपाली निर्माण बजारमा उपभोक्ताको गुणस्तरयुक्त ओपिसीप्रतिको लगावलाई पूर्ति गर्ने दृढता व्यक्त गरेकाे छ।


 

More form the Internet

loading...