Suvadin, Home

पन्ध्र वर्षभित्र समृद्ध बनाउन सम्भव छः ऊर्जामन्त्री

ऊर्जामन्त्री जनार्दन शर्माले देश निर्माणमा जुट्न युवाहरुलाई आह्वान गरेका छन्। शर्माले मुलुकलाई १५ वर्षभित्र समृद्ध बनाउन सम्भव रहेको दावी गरेका छन्। ललितपुरमा आयोजित राष्ट्रिय प्रविधि मेलालाई सम्बोधन गर्दै उनले विकास निर्माणको कामलाई युवाहरुले केन्द्र भागमा राख्ने बेला आएको पनि स्पष्ट पारेका छन्।
शर्मा।

काठमाडौं, माघ २९- ऊर्जामन्त्री जनार्दन शर्माले देश निर्माणमा जुट्न युवाहरुलाई आह्वान गरेका छन्। शर्माले मुलुकलाई १५ वर्षभित्र समृद्ध बनाउन सम्भव रहेको दावी गरेका छन्।

ललितपुरमा आयोजित राष्ट्रिय प्रविधि मेलालाई सम्बोधन गर्दै उनले विकास निर्माणको कामलाई युवाहरुले केन्द्र भागमा राख्ने बेला आएको पनि स्पष्ट पारेका छन्।

शर्माले अघिल्लो पुस्ताले राजनीतिक लडाई लडेको उल्लेख गर्दै अवको पुस्ताले आर्थिक क्रान्तिका लागि लडाई लड्ने बेला आएको पनि स्पष्ट पारे।

युवाहरु लागि परे १०–१५ वर्षभित्रमै मुलुक समृद्ध हुने ऊर्जामन्त्री शर्माले बताएका छन्।


 

More form the Internet

loading...