Suvadin, Home
Nepal life 1.246M

कालिका पावर कम्पनीको आईपिओमा अावेदन खुल्यो

सर्वसाधारणले अार्इपिअोमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न पाईनेछ। कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था छ। कम्पनीको शेयर विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेको छ।

काठमाडाैं, २८ भदाै – कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण शेयर आईपिओमा आवेदन खुलाएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आईपिओ निष्काशन गरेको हो।

सर्वसाधारणले अार्इपिअोमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न पाईनेछ। कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था छ। कम्पनीको शेयर विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आईपिओमा आवेदन गर्न पाईनेछ। मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि शेयर आवेदन दिन सक्नेछन्।

कुल निष्काशन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो। साधारण शेयर जारी गरेपछि कम्पनकिो चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ।


 

More form the Internet

loading...