Suvadin, Home

कतारको नयाँ कानुन : घरेलु श्रमिकले तीन दिन अघि जानकारी दिएर काम छाड्न सक्ने

कतारले आफ्नो श्रम कानुन सुधार गर्दै घरेलु श्रमिकका लागि काम छोड्‍नसक्ने खुकुलो व्यवस्था ल्याएको छ । कतारले घरेलु श्रमिकले तीन दिन अघि जानकारी दिएर काम छाड्न पाउने नयाँ व्यवस्था ल्याएको हो । 

काठमाडौं । कतारले आफ्नो श्रम कानुन सुधार गर्दै घरेलु श्रमिकका लागि काम छोड्‍नसक्ने खुकुलो व्यवस्था ल्याएको छ । कतारले घरेलु श्रमिकले तीन दिन अघि जानकारी दिएर काम छाड्न पाउने नयाँ व्यवस्था ल्याएको हो । 

कतारले आफ्नो श्रम कानुन सुधार गर्दै घरेलु श्रमिकका लागि यो नियम ल्याएको जनाएको छ । यसअघि काम छाड्न रोजगारदाताको अनुमति (एक्जिट परमिट) अनिवार्य थियो ।

कतारले गरेको नयाँ निर्णअनुसार ग्यास, तेल कम्पनीमा कार्यरत, म्यारिटाइम, कृषि, सरकारी तथा सार्वजनिक संस्थान र आवधिक प्रकृतिका कम्पनीमा काम गर्ने श्रमिकले आफ्नो करार अवधिमै काम छाड्न सक्नेछन् । तर, यो नियम कतार प्रहरीमा भने लागू हुने छैन । 

नयाँ कानुनले नयाँ श्रम बजार खुलाउनको लागि प्रोत्साहन गरेको सरकारी सूचना अधिकारीले बताएका छन् ।


 

More form the Internet

loading...