Suvadin, Home

कोबेल्कोको नयाँ एक्स्क्याभेटर नेपाली बजारमा

विश्वप्रसिद्ध कोबेल्को ब्राण्डको एसके २२० एक्सडीएलसी एक्स्क्याभेटर नेपाली बजारमा पनि बिक्री सुरु भएको छ। जापानी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन हुँदै आएको कोबेल्को ब्राण्डको एसके २२० एक्सडीएलसी एक्स्क्याभेटर नेपालमा पूजा कन्सट्रक्सनले नेपाली बजारमा ल्याएको हो।
एसके २२० एक्सडीएलसी एक्स्क्याभेटर।

काठमाडाैं, जेठ ९–विश्वप्रसिद्ध कोबेल्को ब्राण्डको एसके २२० एक्सडीएलसी एक्स्क्याभेटर नेपाली बजारमा पनि बिक्री सुरु भएको छ।

जापानी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन हुँदै आएको कोबेल्को ब्राण्डको एसके २२० एक्सडीएलसी एक्स्क्याभेटर नेपालमा पूजा कन्सट्रक्सनले नेपाली बजारमा ल्याएको हो।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा   पूजा कन्सट्रक्सनका सीईओ विवेक विजुक्छेले एसके २२० एक्सडीएलसी एक्स्क्याभेटर शक्तिशाली र उच्च उत्पादकत्व रहेको बताए। १०औं पुस्ताको एसके २२० एक्सडीएलसी एक्स्क्याभेटरलाई नवीनतम पुस्ताको रुपमा ब्याख्या गरिएको छ।

सीईओ विजुक्छेका अनुसार  एक्स्क्याभेटरको नेपाली मूल्य ९७ लाख रुपैयाँ कायम गरिएको छ।‘एक्स्क्याभेटरले नेपालमा  सडक काट्ने तथा चुनढुंगा खानीमा समेत काम गर्छ। त्यसका लागि ब्रेकर आवश्यक पर्छ,’ उनले भने, ‘त्यसैलाई मध्येनजर गरी ७० प्रतिशत मेसीन ब्रेकर अप्रेशन प्रयोग भएको छ।’

एक्स्क्याभेटर काठमाडौंसहित मुलुकका विभिन्न सहरबाट खरिद गर्न सकिने र मर्मतको पनि व्यवस्था रहेको विजुक्छेले बताए।एक्स्क्याभेटरको दीर्घकालिन प्रयोगमा यसले इन्धनको खपतमा मितव्यीता ल्याइ १२ लाखसम्म बचत गर्ने कम्पनीले अपेक्षा गरेको छ।
अन्य ब्राण्डका एक्स्क्याभेटरले प्रति घण्टा १७ देखि १८ लिटर डिजल खपत गर्ने भए पनि .एसके २२० एक्सडीएलसी एक्स्क्याभेटरले भने प्रतिघण्टा ११ देखि १२ लिटर डिजल खपत गर्ने उनले दाबी गरे।

एसके २२० एक्सडीएलसी एक्स्क्याभेटरको डिजाइनले गर्दा मेसीन भरपर्दाे, आरामदायी र मर्मतसम्भारमा सहज रहेको बताइएको छ।

कोबेल्का कन्स्ट्रक्सन इक्विपेमेन्ट इण्डिा प्रालिका सीईओ युतिका गोतौं एसके २२० एक्सडीएलसी एक्स्क्याभेटर नेपालको भौगोलिक अवस्था सुहाउदो रहेको बताउछन्।

वातावरणीय दृष्टिकोणबाट पनि एसके २२० एक्सडीएलसी एक्स्क्याभेटर अनुकुल रहेको उल्लेख गर्दै सीईओ गौतौंले बिक्रीपछिको मेसिनरी सामग्री उपलब्धताका लागि कुनै कसर बाँकी नराख्ने बताए। नेपाल र भारतमा एसके २२० एक्सडीएलसी एक्स्क्याभेटर सात हजार वटा परिचालन भएको उनले जनाए।


 


 

More form the Internet

loading...