Suvadin, Home

कर तिर्ने समय जेठ २५ गतेसम्म थपियो

सरकारले चैत र वैशाख महिनामा तिर्नुपर्ने अधिकांश करको भुक्तानीको समयअवधि जेठ २५ गतेसम्मका लागि थप गरेको छ ।

काठमाडौं । सरकारले चैत र वैशाख महिनामा तिर्नुपर्ने अधिकांश करको भुक्तानीको समयअवधि जेठ २५ गतेसम्मका लागि थप गरेको छ ।

यो निर्णयसँगै चैत र वैशाखमा तिर्नुपर्ने कर अब जेठ २५ गतेसम्म बुझाउँदा पनि हुनेछ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण कर तिर्ने समय थप्ने निर्णय गरेको हो ।
 
यसअघि १६ चैतमा बसेको मन्त्रीपरिषद बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, यस अवधिमा पनि लक डाउन खुकुलो हुने अवस्था नआएपछि अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि १ महिना थप्ने निर्णय गरेको हो ।


 

More form the Internet

loading...