Suvadin, Home

Cover Image

लक डाउन अवधिभर इन्टरनेट नकाटिने

यदि तपाइको इन्टरनेट महशुल बुझाउने समय भएको छ । पैसा नरे इन्टरनेट काटिने होकी भन्ने चिन्तामा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् ।

काठमाडौं । यदि तपाइको इन्टरनेट महशुल बुझाउने समय भएको छ । पैसा नरे इन्टरनेट काटिने होकी भन्ने चिन्तामा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । किनकी  पैसा भुक्तानी नगरे पनि लक डाउन अवधिभर इन्टरनेट नकाट्ने घोषणा इन्टरनेट सेवाप्रदायकहरुले गरेका छन् ।

इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले ग्राहकलाई राहत पुग्योस् भनेर उक्त निर्णय गरेको जनाएको छ । आइस्पानले चैत १८ गते सम्म (लक डाउन) अवधिसम्म नेट नकाट्ने र त्यसपछि भने ग्राहकले पैसा तिर्नुपर्ने बताएको छ । यदि त्यसबेलासम्म सरकारले लक डाउन समय थप गरेमा अर्को निर्णय गरिने पनि संघको भनाई छ । 
 
इन्टरनेट सेवाप्रदायकले अनावश्यक विषय वस्तुका लागि इन्टरनेट नखोल्न तथा सूचनामूलक कन्टेन्ट मात्र खोली सेवाप्रदायकलाई सेवा प्रवाह गर्ने कार्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।


 

More form the Internet

loading...