Suvadin, Home

चाडपर्वकाे खुशी साटाैं लेली वाइनसँगै
लाेकप्रिय लेली वाइनः यसै वर्ष मुलुकभरि पुर्याउने लक्ष्य

लाइक नेचुरल लेले वाइन उद्योगका कार्यकारी निर्देशक विकास खतिवडाद्वारा जारी विज्ञप्तीमा चाडपर्वकाे माहाेलसँगै बृद्धि भएकाे लेली वाइनकाे बिक्री र लाेकप्रियतालार्इ अझै विस्तार गर्ने जनाइएकाे छ।
लाइक नेचुरल लेले वाइन उद्योगका उत्पादनहरू।

काठमाडाैं, कात्तिक ७ – ललितपुरस्थित गोदावारी–५ मा सञ्चालित लाइक नेचुरल लेले वाइन उद्योगको उत्पादन 'लेली वाइन' देशभर उपलब्ध हुने भएकाे छ। विशेष कार्यक्रम गरी देशभर पुर्याउने लक्ष्य राखिएकाे कम्पनीले जनाएकाे हाे। 

लाइक नेचुरल लेले वाइन उद्योगका कार्यकारी निर्देशक विकास खतिवडाद्वारा जारी विज्ञप्तीमा चाडपर्वकाे माहाेलसँगै बृद्धि भएकाे लेली वाइनकाे बिक्री र लाेकप्रियतालार्इ अझै विस्तार गर्ने जनाइएकाे छ।

नेपालको कला संस्कृति क्षेत्रपनि अघि बढ्नु पर्नेछ भन्ने मान्यता लिई चर्चित रियालिटी-साे डान्स प्लसका निर्णायकहरुलार्इ ब्राण्ड प्रमोसनका लागि नेपालमा ल्याउने तयारी गरिरहेको विज्ञप्तीमा जनाइएकाे छ।

'अब प्रत्येक उत्पादन छिटै नै उपभोक्ता माझ पुग्नेछ, झापा, उदयपुर र धनकुटामा हाम्रा उत्पादन पुर्याइएकाे छ,' विज्ञप्तीमा भनिएकाे छ, 'अब हिमाल, पहाड, तराई, मधेश सबैतिर यत्रतत्र रहनु भएका ग्राहक वर्गले लेली वाइन प्राप्त गर्न सक्नु हुने छ।'

तिहारको अवसर पारेर कम्पनीले पूर्व तर्फको बजार विस्तारलाई बढाएकाे जनाइएकाे छ। 'पारखीहरुको चाहना लेली वाइन' भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरिने छ।

नेपालको कला संस्कृति क्षेत्रपनि अघि बढ्नु पर्नेछ भन्ने मान्यता लिई चर्चित रियालिटी-साे डान्स प्लसका निर्णायकहरुलार्इ ब्राण्ड प्रमोसनका लागि नेपालमा ल्याउने तयारी गरिरहेको विज्ञप्तीमा जनाइएकाे छ।

कार्यक्रमकाे तयारीका लागि रियालिटी-साे छमछमीकाे पहिलाे सिजनकी विजेता अनुजा अग्रवालसँग अावश्यक सम्झाैता र गृहकार्य गरिरहेकाे खतिवडाले जनाएका छन्। कलाकार ल्याउनका लागि अनुजासँग सहकार्य गरिने उनले जनाएका छन्।


 

More form the Internet

loading...