Suvadin, Home

माछापुच्छरे नाफा घट्ने पहिलाे वाणिज्य बैंक, जगेडा कोषमा वृद्धि

एनएफआरएस अनुसार बैंकले गत अावमा १ अर्ब २९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गरेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ३९ करोड ४२ लाख रहेको थियो। खर्च र लागत बढेर बैंकको व्यवसाय विस्तार सुस्त बन्दा खुद नाफा घट्न पुगेको हाे। यस अवधिमा बैंकको कोषको लागत ४.७६ प्रतिशतबाट ७.६१ प्रतिशतमा बढेको छ। जसले अघिल्लो वर्ष १०.२९ रहेको आधार ब्याजदर ११.०६ प्रतिशतमा पुगेको छ। राष्ट्र बैंकको व्यवस्था अनुसार आर्थिक वर्ष २०७४–७५ मा बैंकले ८ करोड ६६ लाख रेगुलेटरी एड्जस्टमेन्ट पश्चात १ अर्ब २१ करोड ६ लाख रुपैयाँ लाभांश क्षमता बनाएको छ। यो रकम बैंकले केन्द्रिय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकमा व्यवस्था गरेर शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ। बैंकको लाभांश क्षमता समेत अघिल्लो वर्षको तुलनामा ९ करोड १८ लाखले घटेको देखिन्छ।

काठमाडाैं, २८ साउन – माछापुच्छरे बैंक गत आर्थिक वर्षकाे वित्तीय विवरण प्रकाशित गरेका ८ वाणिज्य बैंकमध्ये पहिलो खुद नाफा घट्ने बैंक बनेको छ। बैंकले नेपाल फाइनान्सिङ रिपोर्टिङ स्ट्यान्डर्डमा साेमबार प्रकाशन गरेकाे अार्थिक वर्ष २०७४–७५ को खुद नाफा अघिल्लाे वर्षकाे तुलनामा ९ करोड ६९ लाख रुपैयाँले घटेको उल्लेख गरेकाे छ। 

एनएफआरएस अनुसार बैंकले गत अावमा १ अर्ब २९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गरेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ३९ करोड ४२ लाख रहेको थियो।

खर्च र लागत बढेर बैंकको व्यवसाय विस्तार सुस्त बन्दा खुद नाफा घट्न पुगेको हाे। यस अवधिमा बैंकको कोषको लागत ४.७६ प्रतिशतबाट ७.६१ प्रतिशतमा बढेको छ। जसले अघिल्लो वर्ष १०.२९ रहेको आधार ब्याजदर ११.०६ प्रतिशतमा पुगेको छ।

राष्ट्र बैंकको व्यवस्था अनुसार आर्थिक वर्ष २०७४–७५ मा बैंकले ८ करोड ६६ लाख रेगुलेटरी एड्जस्टमेन्ट पश्चात १ अर्ब २१ करोड ६ लाख रुपैयाँ लाभांश क्षमता बनाएको छ। यो रकम बैंकले केन्द्रिय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकमा व्यवस्था गरेर शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ। बैंकको लाभांश क्षमता समेत अघिल्लो वर्षको तुलनामा ९ करोड १८ लाखले घटेको देखिन्छ।

माछापुच्छ्रेको पूँजी ३३ करोड ९० लाख बढेर ८ अर्ब पाँच करोड ५६ लाख रुपैयाँ पुगेकाे छ भने जगेडा कोष ८७ करोड चार लाख बढेर दुई अर्ब ७२ करोड ६१ लाख सञ्चित  रहेकाे छ। समीक्षा अवधिमा बैंकले निक्षेप र कर्जा लगानी सामान्य बढाएको छ। बैंकले अघिल्लो आर्थिक बर्षमा ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरेर ५२ अर्ब ५५ करोड कर्जा लगानी गरेकोमा गत आवमा ७२ अर्ब ४७ करोड निक्षेप संकलन र कर्जा विस्तार तर्फ ६५ अर्ब ८ करोड पुगेको छ।

यस अवधिमा निक्षेप २३.६२ र कर्जा विस्तार २३.८२ प्रतिशतले बढाएको छ। साथै बैंकले लिने सापटी रकम १६ करोडबाट बढेर ६३ करोड पुगेको देखिन्छ। निक्षेप लागत बढेर ब्याज खर्च उच्च हुँदा बैंकको खुद ब्याज आम्दानी सामान्य मात्र बढेको छ। बैंकको अघिल्लो बर्ष दुई अर्ब ४३ करोड खुद ब्याज आम्दानी रहेकोमा १२.३३ प्रतिशतले बढेर दुई अर्ब ७३ करोड पुगेको छ।

कर्जा निक्षेप अनुपात ७६.१३ प्रतिशत रहेको बैंकको खराब कर्जा ०.३८ प्रतिशतमा स्थिर रहेको छ। एनएफआरएस रिर्पाेट अनुसार बैंकको गत बर्ष कमाएको नाफा अनुसार प्रतिशेयर आम्दानी १६ रुपैयाँ १० पैसा कायम हुने देखिन्छ।

तर, बैंकले वित्तीय विवरणमा ३१ पैसा बढी १६ रुपैयाँ ४१ पैसा उल्लेख गरेको छ। अघिल्लाे वर्ष बैंककाे प्रतिशेयर अाम्दानी १८ रूपैयाँ ७ पैसा रहेकाे थियाे। बैंकको प्रतिशेयर नेटवर्थमा पनि ९ रुपैयाँ २७ पैसाले घटेर १२७ रुपैयाँ १७ पैसा कायम भएको छ।


 

More form the Internet

loading...