Suvadin, Home

Cover Image

नवनियुक्त गभर्नरद्वारा पदभार ग्रहण

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । २५ चैतमा सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणासँग पद तथा गोपनियताको सपथ लिएपछि अधिकारी पदभार ग्रहण गर्न राष्ट्र बैंक पुगेका थिए ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । २५ चैतमा सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणासँग पद तथा गोपनियताको सपथ लिएपछि अधिकारी पदभार ग्रहण गर्न राष्ट्र बैंक पुगेका थिए ।
 
डेपुटी गभर्नरद्वोय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठसहित राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारीहरूले अधिकारीलाई स्वागत गरेका थिए । 

मन्त्रीपरिषद्को २४ चैतको वैठकले अधिकारीलाई ५ वर्षका लागि नेपाल राष्ट्र ब्यांकको गभर्नर पदमा नियुक्त गरेको थियो ।


 

More form the Internet

loading...