Suvadin, Home

गाउँमा प्रेरक उद्यम् अभियानः होमस्टेमा ३९ प्रकारका परिकार

पर्वतको महाशिला गाउँपालिकामा चालु आवदेखि तीन स्थानमा एकैपटक होमस्टे सेवा सञ्चालनमा आएको हो। जिल्लाको साबिक लुंखुदेउराली, दुक्तान र पाखानीको सिम्ले गरी तीन स्थानमा होमस्टे सेवा शुरु गरिएको छ। ती होमस्टेमा स्थानीयवासीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउनका लागि ३९ किसिममा परिकार खुवाउने गरेका हुन्। सबै परिकार स्थानीय उत्पादन हुन्।
महाशिला गाउँपालिका।

पर्वत, ३१ जेठ – पर्वत जिल्लाको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ। 

पर्वतको महाशिला गाउँपालिकामा चालु आवदेखि तीन स्थानमा एकैपटक होमस्टे सेवा सञ्चालनमा आएको हो। जिल्लाको साबिक लुंखुदेउराली, दुक्तान र पाखानीको सिम्ले गरी तीन स्थानमा होमस्टे सेवा शुरु गरिएको छ।

ती होमस्टेमा स्थानीयवासीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउनका लागि ३९ किसिममा परिकार खुवाउने गरेका हुन्। सबै परिकार स्थानीय उत्पादन हुन्। 

सामान्यतया गाउँघरमा पाइने भात, दाल, तरकारी, मासु, साग, गुन्द्रुक, अचार, रोटी, दूध, घ्यू, लोकल मदिरासहितका ३९ प्रकारका परिकार तयार गर्ने गरेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम ठकुरीले जानकारी दिएका छन्। 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको पहिलो वर्षमै गाउँपालिकाका गुरुङ, ठकुरी, मगर, अन्य जनजातिको बाहुल्यता रहेको झण्डै ५० घरमा होमस्टे सेवा शुरु गरिएको उनले बताएका छन्। 

होमस्टे सञ्चालन गर्न इच्छुक परिवारलाई पूर्वाधार निर्माणसँगै आवश्यक सामग्रीका लागि चालु आर्थिक वर्षमा रु १० हजार सहयोग गरिएको र अन्यत्र लामो समयदेखि सञ्चालनमा आएका होमस्टेमा भन्दा यहाँ धेरै किसिमका खानेकुरा दिन सकिने प्रवक्ता ठकुरीले जानकारी दिए। 

महाशिला गाउँपालिकाको पर्यटकीय क्षेत्र विकासअन्तर्गत नेपाल पर्यटन बोर्डको सहयोगमा यस गाउँपालिका–४ पाखापानी, महाशिला–५ दुक्तानमा र महाशिला–५ कै लाम्तुनमा पनि तीनदिने होमस्टे सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताएका छन्। 

उक्त गाउँपालिकास्थित धार्मिक दृष्टिकोणले निकै महत्व रहेको चिसापानी देवीको मन्दिर, सातमूले देवीको मन्दिर, गाउँमा रहेको महाशिला र गाउँकै शिव मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएका होमस्टे स्थानीय संस्कृतिको जगेर्नाका लागि पनि प्रभावकारी बनेको छ। 

गाउँपालिकाले अहिले ३७० जनालाई गाउँपालिकामा रोजगारी दिने गरी तालीम दिन शुरु गरिएको र सो तालीममा विभिन्न १८ विधाअन्तर्गत होमस्टेलाई पनि समावेश गरिएको छ। अहिले गाउँपालिकाभरिमा सञ्चालनमा आएका होमस्टेमा एकै पटक पाँच सयभन्दा बढीलाई राख्न सक्ने क्षमता रहेको पनि अध्यक्ष पौडेलले जानकारी दिएका छन्। 


 

More form the Internet

loading...