Suvadin, Home

मेची भन्सारमा अवैध असुली

ची भन्सार कार्यालय काकडभिट्टाले भन्सार चुहावट नियन्त्रण गर्न खटाएका भन्सार गेटका कर्मचारीले खुलेआम रुपमा व्यापारीसँग रकम असुली गर्ने गरेको रहस्य खुलेको छ। चेकजाँचका नाममा अबैध रुपमा भन्सार गेटमा राखिएको घुम्तीमा कर्मचारीले सर्वसाधारण र पोके व्यापारीसँग मनलाग्दी रकम लिने गरेका हुन्।
रकम असुली।

खगेन्द्र घिमिरे काँकरभिट्टा, जेठ ४ - मेची भन्सार कार्यालय काकडभिट्टाले भन्सार चुहावट नियन्त्रण गर्न खटाएका भन्सार गेटका कर्मचारीले खुलेआम रुपमा व्यापारीसँग रकम असुली गर्ने गरेको रहस्य खुलेको छ।

चेकजाँचका नाममा अबैध रुपमा भन्सार गेटमा राखिएको घुम्तीमा कर्मचारीले सर्वसाधारण र पोके व्यापारीसँग मनलाग्दी रकम लिने गरेका हुन्।

भन्सार गेटको चेक प्वाइन्टमा राखिएको घुम्तीमा बिलपास चेकजाँच गर्ने र छाप लगाउने वाहनामा रकम लिने गरेको प्रमाण फेला परेको छ। भारतको पानी ट्याङ्की गएर दैनिक उपभोग्य वस्तु खरिद गरी फर्किएका सीमावर्ती क्षेत्रका सर्वसाधारणसँग भन्सार कर्मचारीले रकम असुल्दै आएका छन्।

उनीहरुले भन्सार गेटमा खडा गरिएको चेकपोष्टमा कागज मिलाउने बाहनामा साना व्यापारी र सर्वसाधारणलाई  बोलाएर रकम लिने गरेको पाइएको हो। भन्सार काटेका सामानको समेत मनोमानी रुपमा कर्मचारीले रकम असुल्ने गरेका प्रमाण समेत फेला परेको छ।  

पानीट्याङकीबाट सर्वसाधारणले दैनिक उपभोग गर्न ल्याउने चिनी, दाल, तरकारी, तेल, लगायतका सामान पक्राउ गर्ने डर देखाउँदै एक सय रुपैयाँदेखि एक हजारसम्म तिर्न बाध्य बनाउने गरेको पाइएको  छ। 

कर्मचारीले सुरक्षाका लागि जडान गरिएको  सीसी क्यामेरा छल्न ब्यापारीलाई झोलामा पैसा हाल्न लगाउने गरेका छन्। .घुम्तीभित्र कर्मचारीको पैसा लेनदेन हुने तर  सीसी क्यामेरा सडकको अन्य भागतिर फकाएर राखिएको छ।

मेची भन्सार कार्यालयले चोरीपैठारी नियन्त्रण गर्न कर्मचारीलाई विभिन्न समूहमा विभाजन गरी अध्यागमन अगाडि रहेको चेकप्वाइन्टमा खटाउने गरेको भए पनि राजस्व चुहावट नियन्त्रणभन्दा पनि अवैध असुलीमा संलग्न भएको मेची भन्सारको गेटमा पुग्ने प्रत्येक व्यक्तिले देख्न सक्छन्।  

५२ जना कार्यालय सहायको पालैपालो भन्सार गेटमा ड्य्टी हुने गरेकाले कसले कति रकम असुल्ने भन्नेमा होडबाजी नै चल्ने गरेको छ। यसरी रकम असुुल्न मेची भन्सार कार्यालयमा कार्यरत कार्यालय सहायक बढी सक्रिय रहेको भन्सार स्रोतले जनाएको छ।

यसअघि भन्सारका १० कर्मचारी कारवाहीमा परेका थिए। भन्सार प्रमुख भीम अधिकारी अबैध असुलीमा संलग्न रहेको पाइए कारवाही हुने बताए। 


 


 

More form the Internet

loading...