Suvadin, Home

घरेलु मेलामा ६ करोडको कारोबार

करिब ६ करोड बराबरको आर्थिक कारोबार गर्दै १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी सम्पन्न भएको छ। काठमाडौंको भृकुटी मण्डलमा आयोजना गरिएको मेलाबाट उत्साही भएको मेला आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यकारी निर्देशक चूडामणि भट्टराईले बताए। उद्योगलाई प्रविधिसँग जोड्ने विधिलाई मेलामा विशेष जोड दिइएको थियो।
घरेलु सामान । फाइल तस्बिर

काठमाडौं, बैशाख १२– करिब ६ करोड बराबरको आर्थिक कारोबार गर्दै १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी सम्पन्न भएको छ। 

काठमाडौंको भृकुटी मण्डलमा आयोजना गरिएको मेलाबाट उत्साही भएको मेला आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यकारी निर्देशक चूडामणि भट्टराईले बताए। उद्योगलाई प्रविधिसँग जोड्ने विधिलाई मेलामा विशेष जोड दिइएको थियो।

महासंघले घरेलु तथा साना उद्योगको उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरेको थियो। मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश लगायतका राष्ट्रहरुको पनि स्टल राखिएका थिए। 

प्रदर्शनीमा ३० वटा अन्तर्राष्ट्रियसहित २ सय १५ वटा स्टल राखिएको र २ लाख भन्दा बढीले अवलोकन गरेको बताइएको छ। स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासंघले वर्षेनी मेला आयोजना गर्दै आएको छ। 


 

More form the Internet

loading...