Suvadin, Home

एक दर्जन सहकारी संस्थाले अनुदान पाउने

विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबाफत कुल ३१ लाख ८९ हजार ९ सय ५७ रुपैयाँ पाउने भएका छन्।
फाइल फोटो।

 काठमाडौं, असार ५ –काभे्रपलाञ्चोकका एक दर्जन सहकारी संस्थाले सरकारबाट अनुदान पाउने भएका छन्। जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो अनुदान रकम पाउने भएका हुन्। विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबाफत कुल  ३१ लाख ८९ हजार ९ सय ५७ रुपैयाँ पाउने भएका छन्।

 
गोठ, भकारो सुधारमा सरकारको लगानी उपलब्धीमूलक नभएकाले यस्तो नीति ल्याइएकोे जिल्ला पशुसेवा कार्यालयका प्रमुख डाक्टर नारायणबहादुर श्रेष्ठले जानकारी दिए।गत साउनअघिदेखि एक वर्षको दूध उत्पादनको अवस्था हेरेर सहकारीमार्फत कृषकलाई अनुदान दिइने डाक्टर श्रेष्ठको भनाई छ। ती सहकारीले कम्तीमा ५० लिटर दूध संकलन गर्ने छन्। 


अनुदान वितरणका लागि मूल्यांकन समितिबाट छनौट भएका सहकारीमा बनेपास्थित रविओपीको देउराली दूध उत्पादक सहकारी संस्था लिमिटेड २० लाख ९ हजार ८ सय ९४ रुपैयाँ, पाँचखालको अनेकोटस्थित अनेकोट दुग्ध उत्पादक सहकारी संस्थाले ४ लाख १० हजार ४ सय ८ रुपैयाँ, मण्डनदेउपुर नगरपालिकास्थित महादेवस्थानको रानीटार दुग्ध उत्पादक सहकारी संस्थाले ६ लाख २३ हजार ७ सय १२ रुपैयाँ, पाँचखाल नगरपालिकाको सिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारी संस्थाले २ लाख १६ हजार, देउपुरको ब्रह्मायणी दुग्ध उत्पादक सहकारी संस्थाले १ लाख ८३ हजार ६ सय रुपैयाँ वार्षिक अनुदान पाउने छन्।

 
त्यस्तै धुलिखेलस्थित कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले २ लाख  ९० हजार ५ सय ६७ रुपैयाँ , ज्याम्दीको ठुल्दीबेँसी दुग्ध उत्पादक सहकारी संस्थाले  ३ लाख ५४ हजार ८ सय ९० रुपैयाँ, मण्डन देउपुरको इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाले २ लाख ७० हजार, सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले  १२ लाख ३४ हजार ९ सय ८९ रुपैयाँ, मङ्लटारस्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारी संस्थाले ९ लाख ७८ हजार ४ सय ७५ रुपैयाँ, उमादेवी दुग्ध उत्पादक सहकारी संस्थाले ६  लाख ४० हजार ८ सय र देवीपञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाले २ लाख ४७ हजार ८ सय १२ रुपैयाँ  पाउने छन् । 
 


 

More form the Internet

loading...