Suvadin, Home

१६ मुलुकमा नेपाली सामग्रीको बिक्री कक्ष

उद्योग मन्त्रालयले काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकमा प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने भएको छ। मन्त्रालयले महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका मुलुकमा बिक्री कक्ष स्थापना गरिने जनाएकाे छ।
उद्योग मन्त्रालय।

काठमाडौं, माघ २३ - उद्योग मन्त्रालयले काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकमा प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने भएको छ। मन्त्रालयले महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका मुलुकमा बिक्री कक्ष स्थापना गरिने जनाएकाे छ।

संयुक्त राज्य अमेरिका, जापान, चीन, भारत, म्यानमार, कोरियालगायत देशका १६ सहरमा नेपाली वस्तुहरुको बिक्री प्रवद्र्धनलाई प्रोत्साहित गर्न छुट्टै प्रदर्शनी कक्ष सञ्चालन गर्ने मन्त्रालयकाे तयारी छ।

आइतबार मन्त्रालयमा एक कार्यक्रम गरी उद्योग मन्त्रालयका सहसचिव दिनेश घिमिरे र काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङबीच प्रर्दशनी कक्ष निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सहमति अनुसार महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका सहरहरुमा महानगरपालिकाले नेपाली वस्तुको बिक्री प्रवद्र्धन गर्ने उद्धेश्यले प्रदर्शनी तथा बिक्री प्रवद्र्धन कक्ष सञ्चालनमा ल्याउने छ। 
कार्यक्रममा उद्योग मन्त्री जोशीले राष्ट्रिय स्वार्थमा एक अर्का संस्थाहरुको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउन र नेपाली उत्पादनको बजार विस्तार गर्न मन्त्रालयले यस प्रकारको कार्यलाई अगाडि बढाएको बताए।

नेपाली वस्तुहरुको बजार बिस्तारसँगै उद्यमीहरुको आर्थिक क्षमता विकास हुने मन्त्री जोशीले बताएका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले महानगरपालिकाले विश्वका १६ वटा सहरहरुसँग भगिनी सम्बन्ध स्थापना भएको र निकट भविश्यमै थप २० वटा सहरहरुसँग सम्बन्ध विस्तार गर्ने बताए।

उनले स्थानीय निकायलाई प्रयोग गरी गर्न लागिएको प्रयासले अन्तर्राष्ट्रियस्तरमा स्थानीय कुटनीतिका माध्यमबाट नेपाली वस्तुहरुको बजार विस्तार गर्न सफल हुने विश्वास पनि व्यक्त गरेका छन्।


 

More form the Internet

loading...