Suvadin, Home

पर्वतमा मोरिंगाको खेती 

अपहेलित बालीका रुपमा चिनिने मोरिंगा (शीतल चिनी) गत वर्षदेखि जिल्लामा लगाउन शुरु गरिएको छ।
मोरिंगा।

पर्वत, कात्तिक २९– अपहेलित बालीका रुपमा चिनिने मोरिंगा (शीतल चिनी) गत वर्षदेखि जिल्लामा लगाउन शुरु गरिएको छ। 

फलेवास नगरपालिका–४ मुडिकुवा र वडा नं ५ देवीस्थान लगायतका ठाउँमा मोरिंगा लगाउन थालिएको हो। मोरिङ्गाबाट खाद्य पदार्थ, औषधिसमेत बनाउन सकिन्छ। तराईतिर सोहिजन, सैजन, सजिउन, मुनका आदि नामले चिनिने उक्त बाली यस क्षेत्रमा शीतल चिनीको नामले प्रख्यात छ। 

मोरिंगाको कलिलो कोसा बिक्री भएको पाइएता पनि यसको अन्य भागको उपयोगिताबारे उपभोक्ता अनभिज्ञ छन्। मोरिंगाको फल मानिस, पशु र बालीका लागि पोषणयुक्त मानिन्छ। रोग किरा खासै नलाग्ने हुँदा व्यावसायिक उत्पादनको धेरै सम्भावना रहेकाले यसको खेती शुरु गरिएको पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसालले बताए। 

पर्वतमा मोरिंगाको करिब पाँच सय बोट रहेका छन्। ती बोटबाट आम्दानी हुन थालेको भुसालले बताए। सो बालीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा यसको खेती गर्ने प्रयास भइरहेको छ। यसको जरालाई कम पानी भए पनि पुग्छ। थोरै पानी पर्ने ठाउँमा यसलाई लगाउन सकिने भसालको भनाइ छ। 

अहिले हरियो कोसा प्रतिकिलो चार सय तथा पातको धुलो प्रतिकिलो पाँच सयमा बिक्री हुँदै आएको छ। यसको सघन रुपमा खेती गरिएको अवस्थामा प्रतिबिगाहा १२ टनदेखि १५ टन कोसा उत्पादन लिन सकिने बताइएको छ। 


 

More form the Internet

loading...