Suvadin, Home

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नम्बरको बसमा बा ३७ प ७३८० नम्बरको मोटरसाइकल मंगलबार बिहान करिब साढे ४ बजे ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको छ।

काठमाडौं, १५ जेठ – काठमाडौं महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा मंगलबार बिहान भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नम्बरको बसमा बा ३७ प ७३८० नम्बरको मोटरसाइकल मंगलबार बिहान करिब साढे ४ बजे ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको छ।

उक्त घटनामा मोटरसाइकल चालक बाराका ३५ वर्षीय मानबहादुर बलको मात्र परिचय खुलेको छ। तर, पछाडि सवार पुरुषको नाम नखुलेको महाशाखाले जनाएको छ। 


 

More form the Internet

loading...