Suvadin, Home

उद्योगमन्त्रीले भने, ‘स्वदेशी वस्तुको उपयोग गरौं’

उद्योग मन्त्रालयले स्वदेशी वस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। उद्योगमन्त्री नविन्द्रराज जोशीले स्वदेशी बस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्। मन्त्री जोशीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका पालना नगरेकोमा आपत्ति पनि जनाए।
मन्त्री जोशी।

काठमाडौं, माघ २४ - उद्योग मन्त्रालयले स्वदेशी वस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। उद्योगमन्त्री नविन्द्रराज जोशीले स्वदेशी बस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।

मन्त्री जोशीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका पालना नगरेकोमा आपत्ति पनि जनाए। ‘निजी क्षेत्रका व्यवसायीहरूले उद्योग मन्त्रालयले आफैंले बनाएको निर्देशिका समेत पालना गरेका छैनन्,’ उनले भने, ‘अब त्यसो नहोस्।’

सोमबार स्वदेशी उत्पादनका बारेमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोशीले सार्वजनिक निकायमा मात्रै स्वदेशी वस्तुको उत्पादन भए मुलुकको साना र मझौला उद्यमीहरूले ठूलो राहत पाउने विश्वास व्यक्त गरे।

मन्त्री जोशीले सरकारले विश्वका विभिन्न ठूला सहरमा नेपाली उत्पादनको बजारीकरण गर्नका लागि प्रर्दशनी कक्ष स्थापना गर्ने तयारी गरिरहेको जानकारी समेत दिएका थिए। ‘नेपाली वस्तुले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले त्यसको बजारीकरणका लागि पनि विश्वका विभिन्न सहरहरूमा प्रर्दशनी कक्षको व्यवस्था गर्न लागिएको छ,’ उनले भने।

उद्योग मन्त्रालयले प्रर्दशनी कक्षका लागि सम्बन्धित देशका नेपाली दूतावासहरूसँग आवश्यक परामर्श गर्ने योजना बनाएको छ। मन्त्री जोशीले नेपालका निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई समृद्ध बनाउन सरकारले अनेक पहल गरिरहेको दावी गरे।

उद्योगी व्यवसायीहरूले सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग गर्ने सम्बन्धमा बनेको निर्देशिका कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। सरकारले २०७२ साल वैशाख १७ गते स्वीकृत गरेको निर्देशिकामा सार्वजनिक निकायमा ५० प्रतिशत सामग्री स्वदेशी उत्पादनकै उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

 


 

More form the Internet

loading...