Suvadin, Home

इलामका नरेन्द्रलाई युएईमा एक किलो सुन उपहार!

इलामको सन्दकपुरका नरेन्द्र मगरलाई यो भनाई वास्तवमै सही होजस्तो लागेको छ। किनभने धेरै मिहेनत गर्दा पनि प्राप्त नभएको धन आश्चर्यजनक ढंगले प्राप्त गरे। युएईस्थित अल अहलिया एक्सचेञ्जले १ किलो सुन विजेता इलाम सन्दकपुर गाँउपालिका जमुनाका नरेन्द्र मगरलाई पुरस्कार वापतको उपहार हस्तान्तरण गरेको छ।
मगरलार्इ पुरस्कार प्रदान गरिँदै।

रुपेश अधिकारी, युएई, ११ साउन – हिन्दीमा एउटा भनाई छ, ‘जब उप्परवाला देता है तो छप्पर फाड् के देता है।’ अर्थात जब भगवानले दिन्छन्, छानो नै तोडेर दिन्छन्।

इलामको सन्दकपुरका नरेन्द्र मगरलाई यो भनाई वास्तवमै सही होजस्तो लागेको छ। किनभने धेरै मिहेनत गर्दा पनि प्राप्त नभएको धन आश्चर्यजनक ढंगले प्राप्त गरे। युएईस्थित अल अहलिया एक्सचेञ्जले १ किलो सुन विजेता इलाम सन्दकपुर गाँउपालिका जमुनाका नरेन्द्र मगरलाई पुरस्कार वापतको उपहार हस्तान्तरण गरेको छ।

एक्सचेन्सको मुख्य कार्यालय बरदुवईमा एक कार्यक्रमको आयोजना गरी मगरलाई उक्त उपहार दिएको एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधव ढकालले जानकारी दिएका हुन्।

तर, मगरले प्राप्त गरेको सुन नेपाल लैजान समस्या हुने भएकाले उनले स्थानीय बजारमा सुन बिक्री गरी त्यसवापतको नगद पाउने छन्। त्यसका लागि एक्सचेञ्जले यसअघि खरीद गरेको  पसलमा उक्त सुन बिक्री गरी उनलाई आइतबार रकम उपल्बध गराउनेछ।

एक्सचेञ्जले गएको १६ मे महिनाबाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफरमा पैसा पठाउनेमध्येबाट नरेन्द्रले १५ जुलाईमा उक्त उपहार जितेका थिए।

अब उक्त दिनको सुनको बजार मूल्य अनुसार नै नरेन्द्रले  रकम पाउने ढकालले बताएका छन्। जसअनुसार अनुसार नरेन्द्रले एक लाख ५० हजार २५० दिराम अर्थात ४४ लाख ७८ हजार ९५२ रुपैयाँ पाउनेछन्। 

उपहार वितरण कार्यक्रममा बोल्दै एक्सचेञ्जका अपरेशन हेड कमल सुब्बाले नरेन्द्रले पाएको रकमको सही सदुपयोग गर्न आग्रह गरेका छन्। यस्तै सेञ्जुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले वैधानिक तरिकाले रमक पठाउँदा सुरक्षित हुने भएका रेमिट्यान्सबाट रकम पठाउन आग्रह गरेका छन्।

रेमिट्यान्सको उपहारले विश्वास पनि बढ्योः मगर

उपहार ग्रहण गर्दै नरेन्द्रले रेमिट्यान्सको माध्यमबाट रकम पठाउदा उपहार पर्छ भन्ने विश्वास जागेको बताएका छन्। उनले भने, ‘यसअघि अरुले उपहार पाएको सुनेको थिए, तर आफैले पाउँदा विश्वास बढ्यो।’

मगरले सबै नेपालीलाई रेमिट्यान्सकै माध्यमबाट पैसा पठाउन आग्रह गरेका छन्। युएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको काम गरिरहेका नरेन्द्र आउने दशैंमा उनी हालको काम छोडेर नेपाल फर्कदै छन्।


 

More form the Internet

loading...