Suvadin, Home

युएईमा यसरी चम्कियो एक नेपालीको भाग्य, १ केजी सुन उपहारले दिलाएको खुशी

आइतबारको दिन। दिउँसो २ बजेदेखि उनको मोबाइलमा नयाँ नम्बरबाट धेरै पटक फोन आयो। काममा व्यस्त भएकाले फोन रिसिभ भएन। पछि घरबाट पनि आमाले फोन गर्नु भएको थियो। नयाँ नम्बर र आमाले पनि बारम्बार फोन गर्दा उनका मनमा अनेक कुराले शंका जमायो। वर्षादको समय कतै विपद आइलाग्यो कि भन्ने पनि भयो। उनलाई फेरि नयाँ नम्बरबाट फोन आयो। त्यो फोनले उनमा भएको डर त हटाइदियो। तर एउटा अविश्वास मनमा रहिरह्यो। 

रुपेश अधिकारी, युएई, ३२ असार – इलामको सन्दकपुर गाँउपालिका जमुना घर भएका नरेन्द्र मगर अहिले युएईको दुबईमा कार्यरत छन्। सन् २०१६ को डिसेम्बरमा उनी काठमाडौंस्थित रिभर मेनपावरबाट ट्रान्सगार्ड कम्पनीमा वेटर कामका लागि आएका थिए।

घरमा बुवा आमा र दुई दिदी बहिनी छन्। उनी एकमात्रै छोरा हुन्। खेतीपाती गरेर उनको परिवारको गुजारा चलिरहेको छ। परिवारलाई अझै खुशी दिने योजना लिएर उनी युएई आए। बिहान ६ बजेदेखि बेलुका ३ बजेसम्म उनी काममा व्यस्त रहन्छन्।

आइतबारको दिन। दिउँसो २ बजेदेखि उनको मोबाइलमा नयाँ नम्बरबाट धेरै पटक फोन आयो। काममा व्यस्त भएकाले फोन रिसिभ भएन। पछि घरबाट पनि आमाले फोन गर्नु भएको थियो। नयाँ नम्बर र आमाले पनि बारम्बार फोन गर्दा उनका मनमा अनेक कुराले शंका जमायो। वर्षादको समय कतै विपद आइलाग्यो कि भन्ने पनि भयो। उनलाई फेरि नयाँ नम्बरबाट फोन आयो। त्यो फोनले उनमा भएको डर त हटाइदियो। तर एउटा अविश्वास मनमा रहिरह्यो। 

त्यो फोन थियो अल अहलिया एक्सचेञ्जबाट। एक्सचेञ्जका प्रतिनिधिले शुरुमै उनलाई बधाई दिए। उनी छक्क परे। विस्तारै तीनले खुलाउँदै गए। ‘गएको १६ मे बाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफरमा पैसा पठाउनेमध्ये आजभएको मेघा ड्रमार्फत तपाईलाई एक केजी सुन उपहारको परेको छ,’ यो सुनेपछि नरेन्द्रमा खुशी चुलियो। तर, विश्वास गर्न पनि उतिकै कठिन। उनले शुभदिनसँगको कुराकानीमा आफुलाई अझैसम्म पनि विश्वास नभएको सुनाए।

उनले यो खुशी परिवारसँग पनि साट्न घरमा फोन गरेका छन्। नरेन्द्रले घरमा फोन गरेर जानकारी गराउनु अघि नै खबर भइसकेको थियो। उनीसँग सम्पर्क नभएपछि  एक्सचेञ्जका  प्रतिनिधिले नेपालमा आफन्तसँग सम्पर्क गरिसकेका थिए। परिवारसँगको सम्पर्कले उनमा विश्वास बढ्यो र त्यो खुशी परिवारमा पनि छायो।

कोरियाली भाषा सिक्छुः नरेन्द्र

नरेन्द्रले सधैं अल अहलिया एक्सचेञ्जबाट आफन्ताई पैसा पठाँउछन्। १२ जुनमा बरदुबईमा रहेको एक्सचेञ्जको शाखाबाट सात सय दिरहाम नेपाल पठाउँदा उनको भाग्य चम्कियो।

उनले १ केजी सुनको सट्टामा आइतबारको स्थानीय बजारको सुनको मूल्य अनुसारको रकम पाउने छन्। जसअनुसार उनले एक लाख ५० हजार २५० दिरहाम अर्थात् ४४ लाख ७८ हजार ९सय ५२ रुपैयाँ पाउँछन्।

यो रकममा लाग्ने कर एक्सचेञ्ज कम्पनीले नै बेहोर्ने एक्सचेञ्जका नेपाल प्रमुख बेनीमाधव ढकालले जनाए। हालको काम र तलब सुबिधा अनुसार यतिका रमक कमाउन नरेन्द्रले धेरै समय मिहेनत गर्नपर्थ्यो।

तर, उनले गरेको कर्ममा भाग्यले पनि साथ दियो। आउने दशैंमा उनी हालको काम छोडेर नेपाल फर्कदै छन्। यो योजना उनले यसअघि नै बनाएका हुन्। साथीहरुले उनलाई नेपाल आएर कोरिया भाषा सिक्न सुझाएका थिए।

उनी त्यसै गर्ने निर्णयमा पुगे। तर, यो उपहार पाएपछि पनि उनमा कोरियाली भाषा सिक्ने इच्छा छ। थप योजना अरु केही नरहेको तर घर फर्किएर कोरियाली भाषा सिक्ने उनले शुभदिनसँग बताए।

हालसम्म तीन नेपालीले पाए ठुलो उपहार 

आइतबार अबुधाबीको इलेक्ट्रा शाखामा स्थानीय निकायका प्रतिनिधि र एक्सचेञ्जका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति लक्की ड्र गरिएको थियो।

यस्तै दैनिक रुपमा गराइएको योजनामा समेत विभिन्न पुरस्कारहरु राखिएको थियो। उक्त योजनामा माइक्रोओभन, एलइडी टिभी, घडी लगायतका उपहार समेत केही नेपालीले पाएको सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले बताए।

उनका अनुसार युएईमा रहेका विभिन्न रेमिट्यान्सको स्किम योजनामा हालसम्म तीन जना नेपालीले ठुलो उपहार जितेका छन्। दैलेख घर भई हाल सुर्खेत बस्दै आएका रामबहादुर कटुवालले सन् २०१३ मा एक लाख दिरहाम उपहार पाएका थिए।

यस्तै स्याङ्जाका छविलाल दर्जीले गत फागुनमा ४० हजार दिरहाम र हाल इलामका नरेन्द्र मगरले १ केजी सुन उपहार पाएका हुन्। पौडेलले यहाँ कार्यरत नेपालीहरुलाई वैधानिक बाटोबाट रकम पठाउन आग्रह गरेका छन्। वैधानिक बाटो प्रयोग गर्दा फाइदा हुने उनको भनाई  छ। 

एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधब ढकालले यहाँ रहेर धेरै आम्दानी हुनेहरुले अवैधानिक बाटोबाट रकम पठाउने र देशलाई गाली गर्ने परिपाटी रहेको तर्फ सबै सहज हुनपर्ने बताए।

ढकालले भने, ‘निम्न आम्दानी भएकाहरुले सधै वैध बाटो अपनाउने गर्छन्। तर, प्रतिष्ठित र सचेत मानिएकाहरुले अरुलाई सजक गराउनुको सट्टा आफै अवैधानिक काममा लागेका छन्। 


 

More form the Internet

loading...