Suvadin, Home

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण

आजदेखि राजधानीमा शुरू हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौं, १४ भदौ – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागीहुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। आजदेखि राजधानीमा शुरू हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए। मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो।


 

More form the Internet

loading...