Suvadin, Home
Nepal life 1.832M

एनसिसी बैंकको हकप्रद अावेदन आज अन्तिम दिन

बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ। प्रति शेयर एक सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको छ। हकप्रद आवेदनको लागि सनराइज क्यापिटल कमलपोखरी, बैंकको सम्पुर्ण शाखा कार्यालयहरु, आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। 

काठमाडौं, २२ असोज – नेपाल क्रेडिट एण्ड कमर्स एनसिसी बैंकले निष्काशन गरेको हकप्रद अावेदन आज अन्तिम दिन रहेको छ। बैंकले भदौ ७ गतेदेखि हकप्रद निष्काशन गरेकोमा गत असोज ७ गतेबाट १५ दिन म्याद थप गरेको थियो। 

बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ। प्रति शेयर एक सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको छ। हकप्रद आवेदनको लागि सनराइज क्यापिटल कमलपोखरी, बैंकको सम्पुर्ण शाखा कार्यालयहरु, आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। 

बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब एक करोड रुपैयाँ पुग्नेछ। हकप्रद निष्काशनपछि बैंकले चुक्ता पूँजीको १४.०१ प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको छ। बोनस शेयर जारी गरेसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ७० लाख रुपैयाँ पुग्नेछ।


 

More form the Internet

loading...