Suvadin, Home

एनसेलको कर छली प्रकरणमा प्रधानमन्त्रीले आज जवाफ दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको स्वामित्व खरिदबिक्री बापतको तिर्नुपर्ने पूँजीगत लाभकरबारेको विषयमा आइतबार जवाफ दिने भएका छन्। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आइतबार २ बजे बस्ने बैकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल। फाइल तस्बिर

काठमाडौं, चैत २७ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको स्वामित्व खरिदबिक्री बापतको तिर्नुपर्ने पूँजीगत लाभकरबारेको विषयमा आइतबार जवाफ दिने भएका छन्।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको आइतबार २ बजे बस्ने बैकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन्।

समितिको आइतबार बस्ने बैठकमा प्रम दाप्रचण्डले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत तिर्नुपर्ने पूँजीगत लाभ करबारे मन्त्रिपरिषदमा भएको छलफलबारे जानकारी दिनेछन्।

एनसेललाई लाभकर उन्मुक्ति दिन मन्त्रिपरिषद् प्रयासबारे जानकारी लिने भन्दै समितिले यसअघि अर्थमन्त्री  कृष्णबहादुर महरासँग जवाफ मागको थियो।

अर्थमन्त्रीले स्पष्ट जवाफ दिन नसकेपछि लेखा समितिले प्रधामन्त्री प्रचण्डलाई डाकेको थियो।

मन्त्रिपरिषद् बैठकमा एनसेललाई लाभकार उनमुक्ति दिने प्रयास भएको बताइए पनि निर्णय भने अहिलेसम्म माइन्युट भएको छैन।

स्वीडेनको कम्पनी टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व मलेसियाली कम्पनी आजियटालाई बिक्री गरेको थियो। बिक्री गर्दा नेपाल सरकारलाई तिर्नुपर्ने करिब ३३ अर्ब रुपैयाँ पूँजीगत लाभकर अहिलेसम्म तिरेको छैन।

लेखा समितिले गत माघ १० गते नै सरकारलाई ३ महिनाभित्र उठाउन निर्देशन दिएको थियो । तर, अझै कर उठन सकेको छैन।

 


 

More form the Internet

loading...