Suvadin, Home

अन्तर्राष्ट्रिय व्यापारमा फड्काे
चीनसँग सीधा व्यापारः नेपाली मालबाहक ट्रक केरुङतर्फ

नेपाली बजारमा चिनियाँ सामग्रीकाे सहज अायातकाे प्रबन्ध गर्नका लागि रसुवागढी हुँदै केरुङसम्म ट्रक र कन्टेनरका ताँती देखिन थालेकाे छ। उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक तथा कन्टेनर धमाधम केरुङ जान थालेका हुन्।
चीनबाट नेपाल भित्र्यिँदै गरेका मालबाहक सवारीसाधन।

रसुवा, असोज २२ – नेपाली बजारमा चिनियाँ सामग्रीकाे सहज अायातकाे प्रबन्ध गर्नका लागि रसुवागढी हुँदै केरुङसम्म ट्रक र कन्टेनरका ताँती देखिन थालेकाे छ। उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक तथा कन्टेनर धमाधम केरुङ जान थालेका हुन्।

बडादशैंयता ३ सय ६८ वटा ट्रक।कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेका छन्। र, १ सय ५ वटा ट्रक तथा कन्टेनर मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताएका छन्।

साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक तथा कन्टेनर लामबद्ध रुपमा सडकमा आफ्नो पालो कुरिरहेका छन्। 

चीनबाट स्याउ, तयारी कपडा, खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ।

सडक स्तराेन्नती अावश्यक

सडककाे स्तराेन्नतीकाे अावश्यकता रहेकाे यातायात व्यवसायीकाे धारणा छ। 'सामान बाेकेर अाउँदा हुनसक्ने जाेखिमलार्इ मध्यनजर गर्दै सडककाे स्तराेन्नती गर्नुपर्छ,' ट्रक चालक हरि श्रेष्ठले शुभदिनसँग भने।

चीनसँगका अधिकांश सडककाे अवस्था बेहाल रहेकाले सरकारी निकायबाटै स्तराेन्नती र विस्तारका लागि बजेट तथा याेजना बनाइनु पर्नेमा श्रेष्ठकाे जाेड छ।


 

More form the Internet

loading...