Suvadin, Home

'नेपाललार्इ विकासशील राष्ट्रकाे सूचीमा स्तरोन्नति गर्न प्रतिव्यक्ति आय सुधार्नु पर्छ'

राष्ट्रिय योजना आयोगले तयार पारेको १३औं योजनाले सन् २०२२ सम्ममा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने उद्देश्य लिएको थियो। उक्त उद्देश्य हासिल गर्नको लागि नेपालले मुख्य गरी आयस्तरमा प्रगति गर्न ध्यान केन्द्रित गर्नुपर्ने अधिकारीहरूले बताएका छन्।

काठमाडाैं, फागुन ७ – नेपालीले अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन प्रति व्यक्ति आयमा थप सुधार ल्याउने प्रस्ताव राष्ट्रसंघ समक्ष प्रकट गरेको छ।

राष्ट्रिय योजना आयोगले तयार पारेको १३औं योजनाले सन् २०२२ सम्ममा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने उद्देश्य लिएको थियो। उक्त उद्देश्य हासिल गर्नको लागि नेपालले मुख्य गरी आयस्तरमा प्रगति गर्न ध्यान केन्द्रित गर्नुपर्ने अधिकारीहरूले बताएका छन्।

राष्ट्रसंघीय मुख्यालयमा भएको बैठकमा नेपालले हालैका वर्षहरूमा सामाजिक र आर्थिक जोखिम सम्बन्धी सूचकहरूमा प्रगति गरेको जानकारी नेपाली अधिकारीहरूले गराएका थिए।

नेपालीको प्रतिव्यक्ति आय करिब १२ सय डलर पुग्नुपर्नेमा ८ सय डलरको हाराहारीमा रहेकोले नेपालले अहिले नै अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने इच्छा प्रकट नगरेको आइतवार मात्रै राजीनामा दिएका योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले बताएका छन्।

उनले भने – 'गैर आय सूचकहरूको आधार जस्तै मानव संसाधन र आर्थिक सूचकहरूको बलमा मात्र स्तरोन्नति हुँदा त्यो दिगो हुँदैन भन्ने हाम्रो मान्यता हो। आय दरो नभई अरू कुनै पनि मुलुकहरू स्तरोन्नति भएका छैनन्। नेपालनै पहिलो राष्ट्र हुने थियो।'

संयुक्त राष्ट्रसंघले आउने मार्च महिनामा अतिकम विकसित राष्ट्रहरूको समीक्षा गरी निर्णय प्रकाशन गर्दैछ।


 

More form the Internet

loading...