Suvadin, Home

Cover Image

आयल निगमले सरकारलाई दियो २ अर्ब २० करोड बोनस्

नेपाल आयल निगमले सरकारलाई २० प्रतिशत बोनस दिँदै सरकारको खातामा २ अर्ब २० करोड रकम जम्मा गरिदिएको छ । 

काठमाडौं । नेपाल आयल निगमले सरकारलाई २० प्रतिशत बोनस दिँदै सरकारको खातामा २ अर्ब २० करोड रकम जम्मा गरिदिएको छ । 

निगमले गत आर्थिक वर्ष २०७५/७६ को नाफा रकमबाट उक्त बोनस रकम सरकारलाई प्रदान गरेको हो । 

११ अर्ब चुक्ता पुँजी रहेको निगमले मंगलबार सरकारको खातामा उक्त रकम जम्मा गरेको जनाएको छ । निगम सरकारको पूर्ण स्वामित्व भएको संस्था हो । 


 

More form the Internet

loading...