Suvadin, Home
Nepal life 3.284M

ब्याजदर वृद्धिमा होडबाजी नगर्न बैंकहरूलाई आग्रह

केही दिनअघि २–३ वटा बैंकले निक्षेपमा १३ प्रतिशत ब्याजदर घोषणा गरेपछि कुमारी बैंक, सेञ्चुरी बैंक, नबिल बैंक, हिमालयन बैंक लगायतका बैंकहरुले १३ प्रतिशत ब्याजदर घोषणा गरेका हुन्।

काठमाडौं, ४ पुस – बैंक तथा वित्तीय संस्थालाई ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। मंगलबार बैंक तथा वित्तीय संस्थाहरूलाई बोलाएर राष्ट्र बैंकले ब्याजदर बढाउने होडबाजी नगर्न आग्रह गरेको हो।

मंगलबार नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स संघ र वित्त कम्पनी संघलाई बोलाएर राष्ट्र बैंकको नियमन विभाग तथा सुपरिवेक्षण विभागले व्याजदर घटाउन दवाब दिएको छ। केही दिनअघि २–३ वटा बैंकले निक्षेपमा १३ प्रतिशत ब्याजदर घोषणा गरेपछि कुमारी बैंक, सेञ्चुरी बैंक, नबिल बैंक, हिमालयन बैंक लगायतका बैंकहरुले १३ प्रतिशत ब्याजदर घोषणा गरेका हुन्।

बजारमा ऋणको माग बढेको तुलनामा निक्षेप संकलन हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम अभावको समस्या भोग्दै आएका छन् । जसका कारण बैंकहरुमा ब्याजदर बढाउने प्रतिस्पर्धा देखिएको छ। तर, पुँजी आधार बलियो भएका बैंकले अहिले ब्याजदर बढाउन चासो दिएका छैनन्।

गत वर्ष लगानीयोग्य पुँजी अभाव भएको बेला राष्ट्र बैंक र अर्थ मन्त्रालयको सहमति जुटाएर बैंकर्सहरूले पटक–पटक निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका थिए। कर्जा निक्षेप तथा पुँजी सीसीडी अनुपातमा दबाब परेका र संस्थागत निक्षेप कुल निक्षेपको ४५ प्रतिशत वा त्यसभन्दा माथि पुगेका बैंकले ब्याजदर बढाएका हुन्।


 

More form the Internet

loading...