Suvadin, Home

Cover Image

'भारतलगायतका देशमा एटीएमले काम नगरे फोन गर्नूस्'

काठमाडौं । भारत लगायत, अन्य देशहरूमा रहेका नेपालीहरूले एटीएममा समस्या आएको गुनासो आएसँगै नेपाल राष्ट्र बैंकले त्यसलाई सम्बोधन गर्ने भएको छ।

स्वास्थ्य उपचार लगायतका विविध कामले भारत, सिंगापुर, थाइल्याण्डलगायतका देशहरूमा रहेका नेपालीहरू आफूले बोकेको एटीएम कार्ड नचलेर सास्ती पाएको समाचार आएपछि राष्ट्र बैंकले तत्काल त्यसलाई सम्बोधन गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले समस्यामा परेका सेवाग्राहीहरूलाई सहजताका लागि राष्ट्र बैंकका सम्पर्क गरे २४ घण्टाभित्रै रकम भुक्तानीको व्यवस्था मिलाईने दावी गरे । बुधबार एटीएम नचल्दा सेवाग्राहीहरू मर्कामा भन्ने शीर्षकका नेपाल समाचारपत्रका समाचार छापिएको थियो । त्यसपछि राष्ट्र बैंकले सेवाग्राहीलाई समस्या नपरोस् भनेर तत्काल सुनुवाईको व्यवस्था मिलाएको हो ।

प्रवक्ता निरौलाले भने , ‘समस्यामा परेकाको आफन्तले मेरो व्यक्तिगत नम्बर ९८५१२१०९१९ मा फोन गरौं, २४ घण्टाभित्रै भुक्तानीको व्यवस्था हामी मिलाउछौं।’ चिनियाँ ह्याकरहरूले नेप्सको सिस्टम नै ह्याक गरि एटीएमबाट रकम निकालेका थिए।

अहिले नेप्सको सिस्टम तथा नेटवर्कहरू अपग्रेड गर्ने काम भैरहेको छ। ती कामहरू छिट्टै सकिने भएकाले यसको विकल्प अपनाउन समेत प्रवक्ता निरौलाले आग्रह गरेका छन् ।

बैंकहरूले सेवाग्राहीलाई समस्याबारे नम्र भएर जानकारी दिनुपर्ने र काम कारवाहीहरू सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । 


 

More form the Internet

loading...