Suvadin, Home
Nepal life 2.266M

सवारी साधन कर्जामा राष्ट्र बैंकको काडाई, यस्तो छ नयाँ नियम

नेपाल राष्ट्र बैंकले निजी सवारी साधन खरिद गर्दा मूल्यको ५०% मात्र ऋण दिन पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिलाई व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न सवारी साधनको मूल्यको अधिकतम ५०% मात्र ऋण दिन पाउने व्यवस्था गरेको हो।

काठमाडौं, २१ कात्तिक – नेपाल राष्ट्र बैंकले निजी सवारी साधन खरिद गर्दा मूल्यको ५०% मात्र ऋण दिन पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिलाई व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न सवारी साधनको मूल्यको अधिकतम ५०% मात्र ऋण दिन पाउने व्यवस्था गरेको हो।

यसअघि ६५% सम्म ऋण बैंकले दिन्थ्यो भने अब गाडी खरिदकर्ताले ५०% पैसा आफैंले तिर्नुपर्नेछ। यस्तै, व्यक्तिगत विद्युतीय सवारी साधन खरिद गर्नका लागि ८०% सम्म ऋण लिन पाइने छ। न्यूनतम ४० सीटको सार्वजनिक यातायात, निर्माण कार्य एंव पर्यटक, शिक्षा, स्वास्थ्य र ढुवानी जस्ता सेवाका लागि प्रयोग हुने सवारी साधनको हकमा यो सीमा लागू नहुने जनाएको छ।

सवारी साधनको उच्च आयातले नेपालको व्यापार घाटा बढिरहेको छ। सवारी साधनमा कर बढाएपनि माग उच्च भएपछि अनुत्पादशील क्षेत्रमा बढ्ने लगानीमा राष्ट्र बैंकले कडाई गर्न खोजेको हो। अर्कोतर्फ व्यक्तिगत सवारी साधनमा बैंकहरुले सहजै ऋण दिँदै आएका छन्। राष्ट्र बैंकको अंकुसपछि बैंकहरुको अनुत्पादनशील क्षेत्रमा लगानी पनि केही घट्नेछ।


 

More form the Internet

loading...